२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापका ८ स्थानिय तहमा प्रमुख तथा उपप्रमुखमा क-कसको उम्मेद्वारी (नामावली सहित)

२०७४, १९ बैशाख मंगलवार १६:३१


प्रज्वल पौडेल । वैशाख १९, रामेछाप । आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचनको लागि रामेछापमा उम्मेदवारी दर्ता गर्ने कार्य मंगलबार सम्पन्न भएको छ। निर्वाचनकाे कार्यतालीका अनुसार भएकाे उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावी चहलपहल बढेकाे छ ।

निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम लगाएत केही स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएको रामेछापका जिल्ला न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयाे। उहाँले जिल्लाको ८ वटै स्थानीय तहमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सम्पन्न भएको बताउनुभयाे । जिल्लामा २ नगरपालीका र ६ गाउँपालिकामा स्थानीय तहको निर्वाचन हुदैछ भने जिल्लामा १ लाख ३४ हजार ६ सय २० जनाको नाम मतदाता नामावलीमा रहेको छ ।

जिल्लामा प्रमुख दलबाट काे-काे ? 

मन्थली नगरपालिका :

मन्थली नगरपालिकामा कांग्रेसबाट मेयरमा विनोद, उपमेयर गंगा अधिकारी, एमालेबाट मेयरमा रमेश बस्नेत, उपमेयर माया कार्की र माओवादीबाट मेयरमा तारानारायण श्रेष्ठ, उपमेयरमा रीतादेवी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

करिब ४५ हजार ५ सय जनसंख्या रहेको मन्थली नगरपालीकामा साविकको मन्थली नपा, गेलु, चनखु, पुरानागाउँ र फूलासी गाविस रहेका छन् ।

रामेछाप नगरपालिका :

रामेछाप नगरपालिकामा काग्रेसबाट मेयरमा नरबहादुर मगर र उपमेयर सिर्जना खड्का, एमालेबाट मेयरमा रोशन पाख्रिन, उपमेयर शान्तादेवी पौडेल (सापकोटा) र माओवादी केन्द्रबाट शिशिर खड्गी र उपमेयर इन्दिरा बख्रेलले उम्मेदवार दर्ता गराएका छन् । रामेछापमा पाँच राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको ४५ जना, एमाले ४७, माओवादी ४६, राप्रपा ३६, नयाँ शक्ति २ र स्वतन्त्र ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

करिब २८ हजार ६ सय जनसंख्या रहेको रामेछाप नगरपालिकामा साविकको रामेछाप नपा गोठगाउँ देउराली साँघुटार हिमगंगा र रामपुर गाविस रहेका छन् । 

उमाकुण्ड गाउँपालिका :

स्थानीय तहको निर्वाचनको लागि उमाकुण्ड गाउँपालिकामा काग्रेसबाट अध्यक्षमा हिक्मत सुनुवार, उपाध्यक्षमा सर्मिला कार्की, एमालेबाट अध्यक्षमा शेरबहादुर सुनुवार, उपाध्यक्षमा महारानी कार्की, माओवादीबाट मदन कालिकोटे र उपाध्यक्षमा लक्ष्मी तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

करिब १७ हजार ६ सय जनसंख्या भएको उमाकुण्ड गाउँपालीकामा साविकका गुम्देल, बाम्ती, कुबुकास्थली, प्रिति, गुप्तेश्वर र भुजी गाविस रहेका छन् ।

खाडाँदेवी गाउँपालिका : 

खाडाँदेवी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा वेदराज लामा, उपाध्यक्षमा मिना श्रेष्ठ, एमालेबाट अध्यक्षमा प्रेम तामाङ र उपाध्यक्षमा मखमली श्रेष्ठ र माओवादीबाट अध्यक्षमा शिवकुमार कार्की र उपाध्यक्षमा सुकु माझीले उम्मेदवारी दर्ता गराएका छन् ।

२५ हजार ८ सय जनसंख्या रहेको सो गाउँपालिकामा साविकका राकाथुम, मझुवा,भिरपानी,पकरबास,माकादुम, गागलभदौरे पिङ्खुरी र खाँडादेवी गाविस रहेका छन् ।

गोकुलगंगा गाउँपालिका :

गोकुलगंगा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा नानीबाबु बस्नेत, उपाध्यक्षमा तुलसा केसी खड्का, एमालेबाट अध्यक्षमा खड्गबहादुर सुनुवार, उपाध्यक्षमा राधिका श्रेष्ठ, माओवादीबाट अध्यक्षमा प्रेमबहादुर कार्की, उपाध्यक्षमा मञ्जु बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । 

करिब २० हजार जनसंख्या रहेको सो गाउँपालीकामा साविकका चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी र फर्पू गाविस रहेका छन् । 

दोरम्बा गाउँपालिका :

दोरम्बामा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापा मगर, एमालेबाट अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा सुभद्रा पाठक कंडेल र माओवादीबाट अध्यक्षमा कमानसिंह मोक्तान र उपाध्यक्ष्ँमा कृसला घिसिङको उम्मेदवारी दिएका छन् ।

करिब २२ हजार ८ सय जनसंख्या रहेको सो गाउँपालिकामा साविकका डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर गाविस र गुन्सी गाविसको वडा नं ८ र ९ रहेका छन् ।

लिखु गाउँपालिका :

लिखु गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा चन्द्रबहादुर राउत र उपाध्यक्ष कल्पना खड्का, एमालेबाट अध्यक्षमा गोविन्द खड्का, उपाध्यक्षमा दीपशिखा दाहाल, माओवादीबाट अध्यक्षमा ध्रुव कार्की, उपाध्यक्षमा वन्दना श्रेष्ठ पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । 

करिब २३ हजार जनसंख्या रहेको लिखु गाउँपालिकामा साविकका दुरागाउँ, सैपू, विजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ गाविस रहेका छन् ।

सुनापति गाउँपालिकामा :

सुनापतिमा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा जितेन्द्र मोक्तान र उपाध्यक्षमा विनिता खड्का, एमालेबाट अध्यक्षमा प्रदिप योञ्जन र उपाध्यक्षमा पासाङ डोल्मा लामा र माओवादीबाट अध्यक्षमा धावा लामा र उपाध्यक्षमा गिता विष्टले उम्मेदवारी दिएका छन् । 

करिब १८ हजार जनसंख्या रहेको सुनापति गाउँपालिकामा दिमिपोखरी, बेथान, हिलेदेवी, खनियापानी गाविस र गुन्सी गाविसका वडा नं १ देखि ७ सम्म रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ