2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनमा बालबालिका प्रयोग नगरिने रोल्पाका राजनीतिक दलको प्रतिबद्धता

वैशाख २०, रोल्पा । रोल्पामा क्रियाशील राजनीतिक दलले आगामी जेठ ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला बालकल्याण समिति रोल्पा, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्थानीय तहको निर्वाचनमा बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि राजनीतिक दलसँगको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा निर्वाचनपूर्व, निर्वाचन हुँदा र निर्वाचनपश्चात् तीन चरणमा बालबालिका प्रयोग हुनसक्ने भएकाले सबै चरणमा चनाखो भएर बालअधिकारको संरक्षणमा लाग्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए ।

प्रतिबद्धतालाई गम्भीरताका साथ कार्यान्वयन गर्ने भन्दै दलका स्थानीय कमिटीले वडा कमिटीसम्म सो प्रतिबद्धता कार्यान्वयनका लागि जानकारी गराउने बताएका थिए । प्रतिबद्धता जिल्लाका माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका विभिन्न वडामा क्रियाशील राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको बताइएको छ । जिल्लाका सबै गाउँपालिका र वडामा दलको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कडाइका साथ कार्यान्वयन गरिने जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ ।

निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गर्ने भन्दै जिल्लामा सात सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । जिल्ला बालकल्याण समिति रोल्पाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, रोल्पा उद्योग वाणिज्य सङ्घ, जिल्ला बाल क्लब सञ्जाल र प्रधानाध्यापक समाज सदस्य रहेका छन् ।

समितिले जिल्लामा निर्वाचन गतिविधिमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरी साप्ताहिकरुपमा केन्द्रीय बालकल्याण समितिमा प्रतिवेदनसमेत बुझाउने अनुगमन समितिका संयोजक इन्द्रा शाहीले बताइन्। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई