2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा आठ थान हतियार बुझाइयो

बैशाख २०, झापा । जिल्लामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भए पनि हालसम्म आठजनाले मात्र जिल्ला प्रशासनलाई हतियार बुझाएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न बन्दुक, पेस्तोललगायत हतियार तथा त्यसमा प्रयोग हुने गोली गठ्ठा निर्वाचन अवधिभरका लागि प्रशासनलाई बुझाउन आग्रह गरेको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी र दमकमा तीन/तीन थान हतियार तथा काँकरभिट्टामा दुई थान हतियार बुझाइएको छ । प्रहरीलाई बुझाइएका हतियारमा थान २२ म्याग्नम दुरबिनसहितको एक थान, म्याग्नम सटगन एक थान र १२ बोरे एक नाले ६ थान रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई