निराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

निराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमि"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्थली नगरका दुई कम्युनिष्ट मेयर उम्मेदवार बस्नेत र श्रेष्ठका योजना के ?

२०७४, २० बैशाख बुधबार १७:०७


निराेजकुमार थापा । बैशाख २०,रामेछाप । स्थानीय तहकाे निर्वाचनकाे लागि उम्मेदवारी मनाेनयन दर्ता गराएसँगै जिल्लाका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा हाेमिएका छन् । रामेछाप जिल्लाकै केन्द्रकाे रूपमा मन्थली नगरपालिकामा कसले जित्ने हाे सबैकाे चासाे बनेकाे छ । 

यसैविच नेकपा एमालेबाट मन्थली नगरपालीको प्रमुखमा उम्मेद्धारी मनोनयन दर्ता गराएपछि रमेश बस्नेतले आफ्नो कार्यकुशलता, इमानदारीता र एमाले रामेछापको सुदृढ संगठन नै आफू विजयको आधार भएको बताउनु भएको छ । जिल्ला विकास समिती रामेछापकाे नेतृत्व यस अगाडि सम्हालेकाे बताउदै बस्नेतले जनप्रतिनिधि भएर काम गर्दा निकै लोकप्रिय योजना बनाएका कारण आफ्नो जित यसपटक पनि सुनिश्चित रहेको दाबी गर्नुभयाे ।

 मन्थली नगरपालीका सञ्चालन र सिङ्गो जिल्ला सञ्चालनमा खासै फरक नहुने भन्दै उहाँले बृहत गुरुयोजना बनाएर आफ्नो टिमले काम गर्ने र योजना बनाउन बढीमा ६ महिना समय लाग्ने साझासबाललाई जानकारी दिनुभयाे । सडक, शिक्षा, खानेपानी, कृषि, जलविद्युत, ठूला तथा मझौला उद्योग आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाई छ । पार्टीले टिकट दिदा केही ढिलाई गरेका कारण मनोनयन दर्ता गर्दा तयारी केही फितलो देखिएको स्वीकार गर्दै बस्नेतले अन्य दलको बाजागाजाले एमाले एक ईन्च पनि नडगमगाएको जिकीर गर्नुभयो ।

 मन्थलीमा माओवादी केन्द्र कमजोर रहेको भन्दै बस्नेतले एमालेको प्रतिस्पर्धा नेपाली काङ्ग्रेससँग मात्रै भएको बताउनुभयाे। 

त्यस्तै नेकपा माओवादी केन्दबाट मन्थली नगरपालीको मेयरमा उम्मेदवारी दर्ता गराउनु भएका तारानारायण श्रेष्ठले पाँच बर्षमा मन्थली नगरपालीकालाई मुलुककै नमूना नगरपालीका बनाउने दाबी गर्नुभएको छ । आफूले चुनाव जितेको दुई महिना भित्र नगरपालीका भित्र बिद्युतीकरण नभएका गाउँमा बिजुली पुर्याउने, तामाकोशीको फाँटमा बाँध लगाएर सिँचाई ब्यबस्थापन गरी कृषिलाई आधुनिकीकरण गर्ने महत्वकाङ्क्षी योजना अघि सार्नुभएको छ । 

अाफू २०६४ को संविधान सभा निर्वाचनमा निर्वाचित जनप्रतिनिधि भएर जिल्लामा निकै बिकासका काम गरेका कारण मन्थली नगरपालीकाले फेरी आफूलाई खोजेको साझासबाललाई जानकारी दिनुभयाे । निरन्तर जनसेवा र मध्यपहाडी लोकमार्गलाई रामेछापको भूगोल हुँदै ल्याउने जस्तो महत्वपूर्ण काम गरेका कारण जनसेवाको प्रतिफल स्वरुप आफूले मेयरमा बाजी मार्ने उहाँको दावी छ । उहाँले मन्थलीमा त्रिपक्षिय प्रतिस्पर्धा हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ