बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको"/>
2026-07-25 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा १२८७ उम्मेदवार,काँग्रेसको एक र एमालेको दुई सदस्य निर्विरोध

बैशाख २१, दोलखा। स्थानीय तह निर्वाचनका लागि दोलखामा १२ सय ८७ जना उम्मेद्वारले मनोनयन दर्ता गरेकाछन् । कुल ३ सय ८८ पदका लागि यतिधेरै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दोलखामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, नयाँ शक्तिले उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेले जिल्लाको सवै पदमा उम्मेदवारीका लागि मनोनय हालेको छ । काँग्रेस र माआवादी केन्द्रले केहि गाउँपालिकाहरुमा प्रमुख र उपप्रमुखमा मात्र उम्मेदवारी दर्ता गराएकाछन् । यसैगरी दोलखामा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएकाछन् । सबैभन्दा बढि भीमेश्वर नगरपालिकामा उम्मेदवारी मनोनय परेको छ ।

सबैभन्दा कम गौरीशंकर गाउँपालिकामा उम्मेदवारी मनोनय परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भीमेश्वरमा दोलखामा संघीय समाजवादी फोरमले केहि गाउँपालिकामा उम्मेदवारी दिएको छ । ४७ पदका लागि १ सय ८७ उम्मेदवारले मनोनयन दर्ता गराएकाछन् । भीमेश्वर नगरपालिकामा १० जनाले प्रमुख, ६ जना उपप्रमुख र ४४ वडा अध्यक्षले मनोनय दर्ता गराएकाछन् । यसैगरी गाउँपालिकाहरुमा सबैभन्दा बढि १ सय ६५ जनाको कालिञ्चोक गाउँपालिकामा उम्मेदवारी मनोनय परेको छ । ४७ पदका लागि कालिञ्चोकमा ६ प्रमुख, ५ उपप्रमुख र ३८ वडा अध्यक्षमा मनोनयन परेको छ । यसैगरी जिरी नगरपालिकामा १ सय ६१ जनाको मनोनय परेको छ । जिरीमा ८ प्रमुख, ५ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि मनोनयन परेको छ । यसैगरी विगू गाउँपालिकामा १ सय ५६ जनाको उम्मेदवारी परेको छ ।

विगूमा ५ प्रमुख ४ उपप्रमुख र ३६ वडा अध्यक्षका लागि मनोनयन परेको छ । यसैगरी शैलुङमा १ सय ४५ जनाको मनोनयन दर्ता भएको छ । प्रमुखमा ७ जना र उपप्रमुख ४ जनाको उम्मेदवारी परेको छ भने ३४ वडा अध्यक्षको मनोनयन परेको छ । यसैगरी मेलुङ गाउँपालिकामा १ सय ३२ जनाको उम्मेदवारी मनोनयन दर्ता परेको छ । मेलुङमा ६ जना प्रमुख ६ जना उपप्रमुख र ३४ वडा अध्यक्षको मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी तामाकेशीमा ७ जना प्रमुख र ५ जना उपप्रमुख र ३३ जना वडा अध्यक्ष सहित १ सय १सय २१ जनाको मनोनय दर्ता भएको छ । बैत्येश्वरमा ५ जना प्रमुख २ उपप्रमुख र ५४ वडा अध्यक्ष सहित १ सय ८ जनाको मनोनय दर्ता परेको छ । गौरीशंकर गाउपालिकामा प्रमुखमा सबैभन्दा कम २ जनाको मनोनयन दर्ता भएको छ । उपप्रमुखमा पनि २ जनाकै मनोनय दर्ता भएको छ भने ४५ जना वडा अध्यक्ष सहित ११२ जनाको मनोनयन दर्ता परेको छ ।

काँग्रेस र माओवादी केन्द्रको ५ गाउँपालिकामा प्रमुख र उपप्रमुख मिलाएर उम्मेदवारी दिएकाछन् । काँगे्रेसले विगू, बैत्यश्वर र तामाकोशी मेलुङ गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारको मनोनयन दर्ता गरेको छ । माओवादीले मेलुङ बाहेक विगू, बैत्येश्वर र तामाकोशी र कालिञ्चोकमा उपप्रमुख मात्र मनोनयन दर्ता गराएको छ । मेलुङमा भने मिलाउनका लागि भन्दै महिलालाई माओवादी केन्द्रले प्रमुख पदमा मनोनयन दर्ता गराएको छ । यसैगरी माओवादी केन्द्रले कालिञ्चोक र गौरीशंकर गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी मनोनय दर्ता गरेको छ । सबै पालिकाहरुमा मिल्ने भनेपनि शैलुङ, जिरी र भीमेश्वरमा भने मिल्न बाँकी छ । यी नगरपालिका र गाउँपालिकामा दुवै दलले प्रमुख पदमा उम्मेदवारी मनोनय दर्ता गराएकाछन् ।

तीन सदस्य निर्विरोध

निर्वाचन अघिनै जिल्ला ती पालिकाहरुमा ३ जना सदस्य पदमा निर्विरोध भएकाछन् । जिरी नगरपालिका, बैत्यश्वर र कालिञ्चोक गाउँपालिकामा दलित महिला कोटामा निर्विरोध चुनिएका हुन् । नेपाली काँग्रेसबाट दलित कोटामा वडा सदस्य मनोनयन दर्ता गराएकी बैत्यश्वर गाउँपालिकाकी ठुली कान्छी विश्वकर्मा निविरोध भएकीछिन् । बैत्यश्वर वडा नंबर १ वाट दलित महिलामा मनोनय अन्यदलको नपरेपछि उनी एक्ली उम्मेदवार बनेकी हुन् । उनको विषयमा दावी विरोध नपरेमा उनी निर्विरोध हुनेछिन् । यस्तै जिरी नगरपालिका– ४ की नेकपा एमालेका दलिम कोटामा उम्मेदवार बनेकी  नरमाया विक निर्विरोध भएकी हुन् । यस्तै कालिञ्चोक गाउँपालिका– ६ मा दलित कोटाकै छत्रमाया विक र्निािरोध भएकी हुन् । उनीहरु दुवै विरुद्ध अन्यको मनोनयन परेको छैन् । दावी विरोधमा कुनै उजुरी नपरे तीनै जना निर्विरोध हुनेछन् ।

इगौरीशंकर डटकम बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक