पर्वत । स्थानीय तहको निर्वाचनको मनोनय दर्ता भएसँगै राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा १६ वटा राजनीतिक दलहरुले आफ्नो मनोनय दर्ता गराएसँगै राजनीतिक चहलपहल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचनको मनोनय दर्ता भएसँगै राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा १६ वटा राजनीतिक दलहरुले आफ्नो मनोनय दर्ता गराएसँगै राजनीतिक चहलपहल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा"/>
२०८३, १८ जेष्ठ सोमबार
पर्बत - PBT

एउटै वडाबाट प्रमुख पदमा तीन उम्मेदवार

२०७४, २१ बैशाख बिहीबार ०७:५४

पर्वत । स्थानीय तहको निर्वाचनको मनोनय दर्ता भएसँगै राजनीतिक चहलपहल शुरु भएको छ । जिल्लामा १६ वटा राजनीतिक दलहरुले आफ्नो मनोनय दर्ता गराएसँगै राजनीतिक चहलपहल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपासँगै अन्य साना दलहरुले पनि आफ्नो मनोनय दर्ता गरेका छन् । 

विषेश गरी तीन शीर्ष दलहको कडा प्रतिशपर्दा रहेको पर्वत जिल्लामा यतिबेला चुनावी माहोलले गाँजेको छ । राजनीतिक दलहरु मनोनय दर्तासँगै प्रचारप्रसारमा जुटेका छन् । कुश्मा बजार यतिबेला संगितमय बनेको छ । चुनावी गित बजाउँदै सवारी साधनहरु प्रचारप्रसारमा कुदिरहेका छन् । कार्यकर्ताहरु गाउँ तथा नगर वडाहरुमा पस्न थालेका छन् । आजको सहारान्यूज दैनिकमा खबर छ ।

आआफ्नो पार्टीलाई विजयी गराउनको लागि राजनीतिक दलका भादृसंगठनहरु यतिबेला लागि परेका छन् । माओवादी केन्द्रले वाइसिएललाई चुनाव प्रचारप्रसारका साथै  बुथ सुरक्षाको लागि परिचालन गर्ने भएको छ । प्रत्येक मतदान केन्द्रमा कम्तिमा एक सय भन्दा बढी वाइसिएल परिचालन गर्ने तयारी गरेको छ । सोही अनुसार नेपाली काँग्रेस र एमाले पनि गरेको छ ।

मोदी गाउँपालिकाको प्रमुख पदका लागि एक वडाबाट शीर्ष राजनीतिक दलहरुले आफ्नो उम्मेदवारी खडा गरेका छन् । मोदी गाउँपालिका ५ बाजुङबाट नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गाउँपालिकाको प्रमुखका रुपमा आफ्नो उम्मेदवार खडा गरेका हुन् । 

नेपाली काँग्रेसले मोदी गाउपालिकाको प्रमुख पदका लागि पार्टी सचिव एवं सोहि गाउँपालिका ५ बाजुङका विश्वप्रकाश प्रसाइलाई उम्मेदवारी बनाएको छ । साविक बाजुङ गाउँ विकास समिति ४ प्रसाइ थरका उनी प्रसाइ राजनीतिक तथा सामाजिक क्षेत्रमा निकै क्रियाशिल रहदै आएका छन् । सामाजिक संस्था नेष्डो नेपालका कार्यकारी समेत रहेका उनी, पत्रकार महासंघ पर्वतका संस्थापक सदस्य, जिल्ला बार एशोसेशनका मा समेत रहेका छन् । उनी सोहीमा मात्रै सिमित भने छैनन् । जिल्लामा रोटरी क्लब, मानवअधिकारबादी संघसंस्थामा समेत आवद्ध रहेका उनी मोदी गाउँपालिकाको बलियो उम्मेदवारका रुपमा मानिन्छन् । 

त्यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका प्रेम पौडेल पनि सोहि वडाका बासिन्दा हुन् । दुइ पटक सम्म साविक बाजुङ गाविसको अध्यक्ष बनेर काम गरेका उनी सामाजिक व्यक्तित्व पनि मानिन्छन् । विभिन्न एनजिओमा रहेर उनले काम गरेका छन् । पौडेलको ठाउँमा नेकपा एमालले पार्टी उपाध्यक्ष भत्त कुवँरलाई उठाउने निर्णय गरेता पनि प्रदेशले भने पौडेललाई चयन गरी पठाएको थियो ।

माओवादी केन्द्रबाट मोदी गाउँपालिकाका प्रमुखका रुपमा रहेका मनबहादुर क्षेत्री पनि बाजुङकै हुन् । द्वन्द्वकालनमा तत्तकाली सरकार पक्षबाट पक्राउ परी जेल सजाय समेत विताएका उनी सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका छन् । विभिन्न क्षेत्रमा नेतृत्व लिदै आएका पौडेल पनि मोदी गाउँपालिकाको बलियो उम्मेदवारका रुपमा रहेका छन् ।

यसैविच जलजला गाउँपालिकामा पनि गाउँपालिका प्रमुखमा साविक माझफाँट गाविसबाट तीन जनाको उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले साविकको एक गाविसबाट तीन जनालाई उठाएका हुन् ।

काँग्रेसबाट जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), एमालेबाट लालबहादुर अधिकारी, माओवादीकेन्द्रबबाट बाबुराम कार्कीको नाम आयोगमा गाउँपालिकाको प्रमुखका लागि नाम दर्ता भएको छ । उनीहरु तीन जना साविक माझफाँट गाविसका बासिन्दा हुन् । काँग्रेसबाट धाइरिङका राजु आचार्यले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ