बैशाख २१, जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २१, जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्या"/>
2026-07-24 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिम्मेवारी बोध गरी राजीनामा फिर्ता लिए: निधि

बैशाख २१, जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताउनुभएको छ । 

जनकपुर विमानस्थलमा आज पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता र प्रहरी महानिरीक्षकको सन्दर्भमा आफ्नो असहमति भएपछि राजीनामा दिएपछि नेपाली काँग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट गर्नुभयो । 

आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाका बारेमा पुनर्विचारको सुझाव दिएको उहाँले बताउनुभयो । 

एक प्रश्नको जवाफमा उपप्रधानमन्त्रीले महाअभियोग प्रस्ताव फिर्ताका बारेमा छलफल हुन सक्ने धारणा पनि राख्नुभयो । उहाँले संविधान संशोधन प्रस्तावको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक