2026-07-24 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश नगरबाट ४२ जनाको उम्मेदवारी फिर्ता, कहाँबाट कसले फिर्ता लिए ?

बैशाख २१, काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ जिल्लाका १० नगरपालिकामा ४२ जना उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

मङ्गलबार उम्मेदवारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आज अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उम्मेदवार फिर्ता लिनेमा बढी वडाध्यक्ष र सदस्य छन् । प्रमुख पदमा उम्मेदवारी दिएका चार जनाले फिर्ता लिएका छन् । नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुरका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका एक एक जनाले फिर्ता गरेका हुन् । 

नागार्जुनमा मोहनराज गिरी, गोर्कणेश्वरमा वामनकुमार चालिसे, कागेश्वरी मनहरामा सुमन अधिकारी र शङ्खरापुरबाट सुदन केसीले उम्मेदवारी फिर्ता लिनुभएको हो । सबभन्दा बढी चन्द्रागिरिमा ११ जनाले फिर्ता लिएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो । यस्तै बूढानीलकण्ठमा एक जनाले मात्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराउनुभयो । 

यस्तैगरी नागार्जुन र गोकर्णेश्वरमा तीन तीन, तारकेश्वरमा नौ, मनहरामा पाँच, टोखा र कीर्तिपुरमा चार चार र शङ्खरापुरमा दुई जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । दश नगरपालिकामा पाँच सय ५० निर्वाचित हुनुपर्नेमा मङ्गलबार दुई हजार छ सय २४ जनाले उम्मेदवारी दिनुभएको छ । नगरप्रमुखका लागि एक सय ३५ तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक