पर्वत । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मत हालेका नागरिकले त्यसपछि मत हाल्न पाएनन् । त्यसैताका जन्मेको पुस्ता पनि अब बालिग भइसके । झन्डै २ दशकपछि स्थानीय तहमा आफ्नो प्रतिनिधि आफैं छान्न पाउने अवसरको पर्खाइमा नागरिक छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मत हालेका नागरिकले त्यसपछि मत हाल्न पाएनन् । त्यसैताका जन्मेको पुस्ता पनि अब बालिग भइसके । झन्डै २ दशकपछि स्थानीय तहमा आफ्नो प्रतिनिधि आफैं छान्न पाउने अवसरको पर्खाइमा नागरिक छन् ।
२०८३, २० बैशाख आईतवार
पर्बत - PBT

मतदाता फकाउँदै घरदैलामो दल

२०७४, २२ बैशाख शुक्रबार ०३:५४

पर्वत । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मत हालेका नागरिकले त्यसपछि मत हाल्न पाएनन् । त्यसैताका जन्मेको पुस्ता पनि अब बालिग भइसके । झन्डै २ दशकपछि स्थानीय तहमा आफ्नो प्रतिनिधि आफैं छान्न पाउने अवसरको पर्खाइमा नागरिक छन् ।

स्थानीय निर्वाचन हुन अब केहि दिन बाँकी रहदा लामो समय भएको जनप्रतिनिधिको रिक्ततालाई आफ्नो पक्षमा पूर्ति गर्न पर्वथका राजनीतिक दल वडावडा, टोलटोल र गाउँगाउँसम्म कार्यक्रम लिएर पुग्न थालेका छन् । चुनावमा उम्मेदवारी दर्ता गरिएसँगै राजनीतिक दलहरु यतिबेला आफ्नो पक्षमा मतदातालाई ल्याउनको लागि फकाउन थालेका छन्. । अाजकाे सहारान्यूज दैनिकमा खबर छ ।

पर्वतमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसँगै केही साना दलसमेत मतदाता रिझाउन विभिन्न कार्यक्रम लिएर चुनावी चहलपहल बढाइरहेका छन्। स्थानीय तह नयाँ संरचनामा गएपछि पर्वतका राजनीतिक दलले त्यही संरचनामा पार्टी संगठनलाई ढाल्दै र विभिन्न कार्यक्रम गर्दै मतदाता रिझाउने प्रयास गरिरहेका थिए । 

बैशाख ३१मा हुने निर्वाचनको उम्मेदवारी दर्ता गरेलगत्तै राजनीतिक दलहरु आफ्नो चुनावी नारा तथा एजेण्डा बोकेर गाउँगाउँ तथा नगर तथा गाउँपालिकाका वडावडामा पुग्न थालेका छन् । सधै न्यास्रो लाग्ने र पातलो संख्यामा मानिसहरु हुने गाउँघर यतिबेला चुनावी माहोलले रंगीएको छ । 

दशै आएझै राजनीतिक दलहरु गाउँ पुग्न र घरदैलामा भोट माग्नको लागि व्यवस्थ देखिएका छन् ।  मतदातालाई आफ्नो पकडमा पार्न राजनीतिक दलहरू भेला र अन्तक्र्रियामा जुटेका छन् । जिल्लामा केन्द्रित भएका राजनीतिक दलहरु पनि यतिबेला चुनावी प्रचारप्रसारको लागि गाउँ छिर्न थालेका छन् ।

नेपाली काँग्रेस पर्वतले चुनावका लागि दुइ नगरपालिका र पाँच गाउँपालिकाका र त्यसमा रहेका सवै वडाहरुका उम्मेदवारको नाम मनोनयन गरी दर्ता गरेसँगै आफ्नो चुनाव प्रचारप्रसार अभियानलाई तिब्रता दिएको छ ।  निर्वाचनमा आफ्नो माहोल बनाउनको लागि काँग्रेसले तरुण दल तथा अन्य भादृ संगठनलाई परिचालन गरेको छ ।

‘सत्ता साझेदार पार्टी नेकपा माओवादी केन्द्रले पनि चुनावमा आफ्नो माहोल बनाउनको लागि वाइसिएल परिचालन गरेको छ । हरेक वडाहरुमा सयको हाराहारीमा परिचालन गरेको छ ।

माओवादीकै सक्रियतामा स्थापीत भएको संघीय गणतन्त्रलाई संस्थागत गर्नको लागि पनि माओवादी केन्द्रको बढी सक्रियता आवश्यक छ,’ पर्वतका संयोजक नेत्र अधिकारीले भने, ‘सबै भातृ तथा शुभेच्छुक संगठनलाई सबै तहसम्म पु¥याउन र जनमत माओवादीको पक्षमा ल्याउन खटिइरहेका छौं ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री रहेका कारण पनि माओवादी केन्द्रले सबै तहका कार्यकर्तालाई प्रशिक्षित गराउने काम गरिहेको छ। माओवादीको एजेन्डाकै कारण काठमाडौंको सुविधा गाउँगाउँसम्म पुगेको, माओवादीले नै लोडसेडिङ अन्त्य गरेको र लगानी सम्मेलन गरेर देश विकासको पक्षमा अहम् भूमिका खेलेको माओवादीले मतदातालाई बुझाउन चाहन्छ ।

माओवादी केन्द्रले निर्वाचनको पक्षमा वडावडासम्म संगठन विस्तार, सदस्यता नवीकरण गर्ने र पार्टीका गतिविधि नागरिकसम्म र्पुयाउने काम गरिरहेको छ।

सरकारको नेतृत्व गरिरहेको देशको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले संघीयताको मूल एजेन्डालाई नै मतदातासम्म लैजाने र मन जित्ने दाउमा छ । ‘संघीयता र अहिले राष्ट्रले लिएको मुख्य एजेन्डा नै हाम्रो पार्टीको हो,’ माओवादी केन्द्र पर्वतका इन्चार्ज तथा पोलिटव्युरो सदस्य अधिकारीले भने, ‘माओवादीकै एजेन्डा स्थापित हुन लागेका कारण पनि हामीलाई जनताले प्रमुख पार्टीको रूपमा जिताउनेछन् ।

‘हामीले टोलटोल, गाउँगाउँसम्म कार्यक्रम गरिरहेका छौं,’ माओवादी संयोजक अधिकारीले भने, ‘अब हाम्रो पक्षमा जनलहर कसरी ल्याउनmे भन्ने सोचमा हामी छौं ।’ स्थानीय तहमा सिंहदरबारको सेवा पु¥याउनु, सोही अनुसार नागरिकलाई अधिकार दिलाउने, संघीय गणतन्त्र, धर्मनिरपेक्षताा, समावेशीता सहित नागरिकलाई विषेश अधिकार दिलाउने हाम्रो योजना सफल हुदै छ त्यसैले पहिलो चरणको विजय हासिल गरिसकेका छौ यद्यपी अब मतदाताहरुलाई आफ्नो पक्षमा ल्याइ बहुमत पु¥याउन बाँकी छ । आमसभा र घरदैलोलगायतका कार्यक्रममा नेता व्यस्त देखिएका छन् ।

नेकपा एमाले पनि सोही अनुसार आफ्नो अभियानमा जुटेको छ । चुनावको मिति नजिकिएसँगै राजनीकि दलहरु भोट माग्नको लागि घरदैलो कार्यक्रममा लागिरहेका छन् । कुश्मा बजारमा राजनीतिक चहलपहल शुरु भैसकेको छ भने गाउँघरमा पनि राजनीतिक दलहरुको चहलपहल शुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो