बैशाख २२, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २२, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठ"/>
2026-07-25 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपक्षी दलहरुले अवरोध गरेपछि संसद् बैठक स्थगित

बैशाख २२, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरुले अवरोध गरेपछि आजको व्यवस्थापिका–संसद्को दोस्रो बैठक स्थगित भएको छ । 

बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक नेपाली काँग्रेसका मीनबहादुर विश्वकर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिएलगत्तै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै वेल घेराउ गर्न पुगेका थिए । 

विपक्षीले नाराबाजी जारी राखेपछि सभामुख घर्तीले ‘संसदीय मूल्य, मान्यता र प्रक्रियाका बारेमा तपाईंहरुले ज्ञान राख्नुभएकै छ, प्रक्रियाको पालना गरौँ’ भनी आग्रह गर्नुभयो । तथापि विपक्षीले अवरोध जारी राखेपछि बैठक यही वैशाख २४ गते दिउँसो १: ०० बजेसम्मका लागि स्थगित गरियो । 

विपक्षीहरुले प्रस्तावक सांसद विश्वकर्मालाई रोस्टममा उक्लन लाग्दा घेराउ गरी त्यही रोकेका थिए । बैठक स्थगनको घोषणापछि घेराउ हाल्न गएका सांसद र विश्वकर्माले हात मिलाएको रमाइलो दृश्य पनि देखिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक