2026-09-18 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन नगरपालिकाको सैखोलामा एमालेको चुनावी सभा सम्पन्न

वैशाख २३, बुर्तिबाङ । यही वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागी नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान अन्र्तगत ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ र ६ को संयुक्त चुनावी सभा शुक्रबार सैखोलामा भएको छ ।

चुनावी सभामा वोल्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माले विकास समृद्धि र स्वाभिमानको रक्षाका लागी नेकपा एमालेलाई विजयी गराउन आग्रह गर्नु भएको थियो । 

त्यस्तै ढोरपाटन नगरपालिका नेकपा एमालेका मेयर पदका उम्मेदवार देव कुमार नेपालीले स्थानिय तहको निर्वाचनमा आफुलाई विजयी गराउन आग्रह गर्नुभयो । आफुलाई सधै यस क्षेत्रको विकास र समृद्धि चाहेको भन्दै नेपालीले निर्वाचनमा आफु विजयी भएपनि नभएपनि ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ र ६ का सबै दलित वस्तीका खरले छाएको घरलाई छाउनका लागी आफ्नो व्याक्तित तर्फबाट करकट पाता सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा उपमेयर पदका उम्मेदवार करमती घर्ती दधिराम शर्मा ढोरपाटन नगरपालिका वडा नम्बर ५ का एमाले पार्टी संयोजक दिपेन्द्र पुन पुराना वामपन्थी नेता वेग वहादुर पुन लगाएतले मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर ५ का एमाले पार्टी संयोजक दिपेन्द्र पुनको अध्यक्षता अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माको प्रमुख आतिथ्यता र सुनिल कुमार घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । -खेमराज अर्यालको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई