2026-10-15 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चन्दननाथ नगरपालिकामा माओबादीकी महिला उम्मेद्वार निर्विरोध

नन्दराम जैशी/बैशाख २३, जुम्ला । चन्दननाथ नगरपालिका वडा नं २ बाट दलित महिला सदस्यमा विष्णुमाया कामि र्निविरोध निर्वाचित हुनु भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका वडा नं २ बाट दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नुभएकि विष्णुमाया कामि र्निविरोध निर्वाचित हुनु भएको हो । विष्णुमायाले नेकपा माओबादि केन्द्रबाट दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नुभएको थियो । 

उक्त वडाबाट अन्य कुनैपनि पार्टिबाट दलित महिलामा मनोनयन परेको थिएन । नगरपालिकामा जम्मा ५२ पदका लागि हुन लागेको निर्वाचन दलित महिलाको एक सदस्यमा बिष्णुमाया कामि निर्विरोध निर्वाचित भएपछि अब ५१ पदका लागि निर्वाचन हुने भएको छ । यसैबिच आज उम्मेदवारलाइ निर्वाचन चिन्ह्र पनि प्रदान गरीएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकाका उम्मेदवारलाइ निर्वाचन चिन्ह्र पनि प्रदान गरेको हो । जसमा स्वतन्त्रबाट उपमेयरमा मनोनयन दर्ता गर्नुभएका पुर्णसिंह कठायतलाइ उहाकै रोजाइमा भित्ते घडि निर्वाचन चिन्ह्र प्रदान गरीएको मुख्य निर्वाचन अधिकृत बासुदेब न्यौपानेले जानकारी दिनुभयो । 

उहाका अनुसार चन्दननाथ १० बाट वडा अध्यक्षका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गर्नुभएका लोकेन्द्रराज गिरीलाइ ठड्याएको औला निर्वाचन चिन्ह्र प्रदान गरीएको छ । चन्दननाथ ५ बाट वडा अध्यक्षका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गर्नुभएका अर्जनसिंह कठायतलाइ पनि उहाकै रोजाइमा ठड्याएको औला निर्वाचन चिन्ह्र प्रदान गरीएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै चन्दननाथ ८ बाट वडा अध्यक्षका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गर्नुभएका खड्क बहादुर थापालाइ जोडि पाइला निर्वाचन चिन्ह्र प्रदान गरीएको छ । भने अन्य पार्टिका पहिलेकै चिन्ह्रलाइ निर्वाचन चिन्ह्रका रुपमा आधार मानिएको छ ।         

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु