पर्वत । बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखको रुपमा उठेका अधिकांश दलहरुका साझा एजेण्डा रहेका छन् । फरक राजनीतिक दलहरुबाट फरक उम्मेदवार भएता पनि उनीहरुको भिजन र भावी योजना भने एउटै रहेको पाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखको रुपमा उठेका अधिकांश दलहरुका साझा एजेण्डा रहेका छन् । फरक राजनीतिक दलहरुबाट फरक उम्मेदवार भएता पनि उनीहरुको भिजन र भावी योजना भने एउटै रहेको पाइ"/>
२०८३, २० बैशाख आईतवार
पर्बत - PBT

कुनपा प्रमुखका उम्मेदवारका साझा एजेण्डा

२०७४, २३ बैशाख शनिबार १३:३६

पर्वत । बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखको रुपमा उठेका अधिकांश दलहरुका साझा एजेण्डा रहेका छन् । फरक राजनीतिक दलहरुबाट फरक उम्मेदवार भएता पनि उनीहरुको भिजन र भावी योजना भने एउटै रहेको पाइएको हो ।

पर्बत जेसिसले शनिबार कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदबारहरुलाई एकै ठाउँमा राखेर ककस कार्यक्रम  गर्यो । हरेक नगरपालिकाका प्रमुख र उपप्रमुखको एजेण्डा र भावी योजनाहरु केकस्ता छन् भन्ने कुरा नागरिकका विच प्रस्तुत गर्नको लागि अबसर प्रदान ग¥यो ।

आफ्ना एजेण्डा सहित आसन्न स्थानिय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिएका उम्मेदबारहरु शनिवार एउटै मञ्चमा जम्मा भए । प्रमुख ६ दलका उम्मेदवारहरु विच गराइएको उक्त बहसबाट नगरबासीको आशा र अपेक्षा कुन नेता तथा उम्मेदवारले कस्तो योजना लिएर आउँदै छ भन्ने सोचका साथ कार्यक्रममा बहस सुनिराखेका थिए । तर उनिहरुले एउटै मञ्चबाट कुश्मा नगरपालिकाको साझा एजेण्डाहरु अघि सारे ।

उम्मेदवारहरुले सो कार्यक्रम मार्फत कुश्मा नगरपालिका, कुश्मा बजार र १४ वटै वडामा शिक्षा, स्वास्थ्य, रोजगार, विद्युत, खानेपानी सडक, सिंचाई लगायतको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे त्यो भन्दा फरक योजना र एजेण्डा भने राजनीतिक दलहरुका उम्मेदवारले व्यक्त गर्न सकेनन् ।

नेपाली कांग्रेस नेतृत्वको मेयर पदका उमेदवार रामचन्द्र जोशीले नगरपालिकाको हक हितको लागि नेपाली काँग्रेसले बिभिन्न किसिमका सामाना गर्नपरे पनि तयार रहने भन्दै नगरबासिलाई भोट हाल्न आग्रह गरे । उनले  नेपाली काँग्रेस एउटा एतिहासिक पाटी रहेको जनाउदै देश भरबाट काँग्रेसले बहुमत ल्याएर चुनाब जित्ने दाबि समेत गरे । उनले ठुला सपना देखाउनु भन्दा पनि सवै हिसावले नमुना नगर बनाउने खालका कार्यक्रमहरु ल्याउने दावी गरे तर उनले विकासे योजनामा उही सडक, खानेपानी बाहेक अरु केहि योजनाहरु थप गर्न भने सकेनन् ।

त्यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार मेघनाथ सुबेदीले आफुले बिभिन्न बिज्ञहरुसंग परामर्श गरेर मात्र कुश्मा नगरको घोषणापत्र तयार गरेको जनाउँदै आफुले जितेको खण्डमा ५ बर्षमा घोषणा पत्रमा लेखिएका कुराहरु पुरा गर्न दाबी गरे । विज्ञको सहायता विना सुवेदीसँग कुनै पनि एजेण्डा र समृद्ध नगर बनाउने आफ्नो एजेण्डा र डिजाइन नभएको उनको अभिव्यक्तिले प्रष्ट पारेको देखिन्थ्यो । आफ्नो एजेण्डा र मार्गभन्दा अरुको योजना र मार्गमा हिड्नेले कसरी समृद्ध कुश्मा बनाउन सक्छ ? उक्त समारोहमा सहभागी भएका नगरबासीको मुखबाट यस्तै प्रश्नहरु बाहिर आइरहेका थिए ।

त्यस्तै नेकपा माओबादी केन्द्रका नगरप्रमुख पदका उमेदबार शंकर गिरीले नगरको समृद्धिको लागि आफुले पनि बिभिन्न दृष्टिकोण र खाका तयार पारिसकेको जनाउँदै नगरको जिम्मेवारी पाएको खण्डमा  त्यो काययोजना पुरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।

 युवा, शिक्षित मात्रै नभइ जझारु र सामाजिक क्षेत्रमा युवा मष्तिष्क लिएर सोही अनुसारको सोच बनाएका उनको अभिव्यक्ति अलि फरक र जोसिलो देखिन्थ्यो । माओबादि केन्द्रबाट टिकट पाउनु अघि माओबादी केन्द्रको रहेको तर टिकट पाईसकेपछि नगरबासिको रहेको बताउँदै नगरलाई आफुले नयाँ चिराबाट उठाउने दाबि गरे । 

पार्टीको भन्दा पनि नगरको जितको झण्डा फराउन आफूले चाहेको उनको अभिव्यक्तिमा झल्कीन्थ्यो । नगरको विकासको लािग बाटोघाटो, कुलो, मठमन्दिरको विकास भन्दा पनि युवापंक्तिको युवा जोश र जोगरको सम्मान गर्दै सोही अनुसारको विकासे एजेण्डा तयार पार्नु महत्वपूर्ण एजेण्डा रहेको उनले बताए ।

त्यसैगरि राप्रपाबाट मेयर पदमा उमेदबार प्रकाश पौडेलले पनि नगरको बिकासको लागि कुनै कसुर बाँकि नराख्ने बताए । नगरबासी र समृद्ध नगर बनाउनको लागि आफु संग प्रसस्त सम्भाबना रहेको बताउँदै नगर पदमा जिताउन सबैलाई आग्रह गरे ।

सो अबसरमा नयाशक्ति नेपालका उमेदबार शुसिल पौडेल र बाममोर्चाका उम्मेदबार तेजेन्द्र पौडेलले पनि आफ्नो प्रतिबद्धता ब्यक्त गरेका थिए भने नगरबासिले बर्तमान अवस्थामा भोग्नुपरेका समस्याहरु प्रति उम्मेद्धारहरुको धारणा बुझेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो