बैशाख २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्"/>

2026-07-24 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउँछु: बज्राचार्य


बैशाख २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

शनिबार यहाँ भएको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा दुवै पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा साझा उम्मेदवार बन्नुभएका बज्राचार्यले महानगर प्रमुख बनेपछि फोहर, ढल, खानेपानी, सडक, सडक बत्ती, पार्किङको व्यवस्थापनका साथमा महानगरमा शिक्षाको गुणस्तर वृद्धि गर्ने बताउनुभयो । 

प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना गर्ने उहाँको योजनामा छ । आफू २३ वडाको वडाध्यक्ष रहँदा साथै सभासद् तथा काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख रहँदा आफूले निकै उपलब्धिमूलक कामको थालनी गरेको स्मरण दिलाउँदै उहाँले ती कामलाई फेरि बदलिँदो परिवेशअनुसार निरन्तरता दिने बताउनुभयो । 

दुवै पार्टीका तर्फबाट उपप्रमुखका साझा उम्मेदवार नयाँ शक्ति पार्टीका सविना अर्यालले विकासका लागि काठमाडौँ आफैँ सक्षम भएको र यहाँ व्यवस्थापनको मात्रै खाँचो रहेको बताउनुभयो । अर्यालले काठमाडौँको स्रोत र साधनलाई नै सदुपयोग गर्दै उचित व्यवस्थापन गर्ने र काठमाडौँलाई सबैले सपनामा देखेको जस्तो सहरको रुप दिने बताउनुभयो । 

कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले राजनीतिक क्षेत्रमा अस्वस्थ अभ्यास सुरु भएको बताउँदै देश र नगरको विकासका लागि निःस्वार्थ भावना लिएर अघि बढ्नुपर्ने सबैसँग आग्रह गर्नुभयो । 

नयाँ शक्ति पार्टी नेपालका नेता पर्शुराम तामाङले दलीय प्रतिस्पर्धाका कारण विकास गतिविधि ओझेलमा परेकाले आफ्नो पार्टीले विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । 

कार्यक्रममा प्रमुखका उम्मेदवार बज्राचार्य, उपप्रमुखका उम्मेदवार अर्याल, फोरमका सहअध्यक्ष श्रेष्ठ, नयाँ शक्तिका नेता तामाङ, नेता हिसिला यमीले दुवै पार्टीको संयुक्त घोषणापत्रलाई सार्वजनिक गर्नुभएको थियो । यसपालिको स्थानीय तहको चुनावमा एउटा हातमा मसाल बोकेको चुनाव चिह्नसहित फोरम र नयाँ शक्तिको संयुक्त मोर्चा चुनावी मैदानमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक