अनिल अधिकारी | बैशाख २४, काठमाडौँ | आगामी बैशाख र जेठमा दुई चरणमा स्थानीय निकायको निर्वाचन हुँदैछ । देशमा बिभिन्न राजनीतिक घटन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी | बैशाख २४, काठमाडौँ | आगामी बैशाख र जेठमा दुई चरणमा स्थानीय निकायको निर्वाचन हुँदैछ । देशमा बिभिन्न राजनीतिक घटन"/>
2026-06-28 10:01 PM
धादिङ्ग - DHG

खरीमा उम्मेदवार विश्लेषण: भोट कसलाई हाल्ने ? (उम्मेदवारको बायोडाटा सहित)

अनिल अधिकारी |

बैशाख २४, काठमाडौँ |
आगामी
बैशाख र जेठमा दुई चरणमा स्थानीय निकायको निर्वाचन हुँदैछ । देशमा बिभिन्न राजनीतिक
घटनाक्रम सँगै २० बर्ष पछी हुन लागेको स्थानीय निकायको निर्वाचन अधिकांश
नागरिकहरुको लागि नयाँ अनुभव हो, किनकी यो पटकको निर्वाचन बिल्कुलै नयाँ संरचनामा
हुँदैछ ।

नेपालको संविधान, २०७२ ले नेपालको
राज्य शक्तिको प्रयोग संघ
, प्रदेश र स्थानीय तहले गर्नेछन् भनी तीन
तहको शासन प्रणाली व्यवस्था गरेपछी त्यसै अनुसार अबको निर्वाचन हुँदैछ । यसभन्दा
अघिका पछिल्ला दुईवटा संविधानमा केन्द्र र स्थानीय गरी दुई तहको शासन प्रणालीको
व्यवस्था रहेको थियो । स्थानीय तहअन्तर्गत गाउँ र नगरलाई पहिलो अनि जिल्लालाई
दोस्रो गरी दुई तहमा विभाजन गरी तिनीहरुलाई स्थानीय निकायका रूपमा मात्र
स्वीकारिएको थियो । तर अहिलेको नयाँ संविधानमा स्थानीय तहको कार्यकारिणी अधिकार
गाउँ कार्यपालिका र नगर कार्यपालिकामा निहित हुने र तिनीहरुको व्यवस्थापकीय अधिकार
गाउँ सभा र नगर सभामा रहने भन्ने व्यवस्था हुनुले गाउँपालिका र नगरपालिकाले
नेपालको इतिहासमा पहिलो पटक स्थानीय सरकारका रूपमा संवैधानिक मान्यता प्राप्त
गरेका छन् ।

यस्तो अवस्थामा हामीले स्थानीय तहमा चुनेर
पठाउने व्यक्ति सक्षम हुनु निकै जरुरी हुन्छ । बिशेषगरि उम्मेदवार मनोनयन पछी
गाउँपालिका अन्तर्गत बिभिन्न राजनीतिक पार्टीका असक्षम तथा कोटा पूर्तिको लागि
मात्र उम्मेदवार खडा गर्ने जस्ता काम भएको गुनाशो आएका छन् । नगरपालिकामा राम्रा र शिक्षित व्यक्ति आउने सम्भावना भएपनि गाउँपालिका अन्तर्गत
स्थानीय तबरमै काम गर्ने
, अनुभवी तथा राजनीतिक चेतना भएका र
नीतिगत कुराको ज्ञान भएका व्यक्तिहरुको अभाव हुँदा सक्षम उम्मेदवार खडा गर्न बिभिन्न
राजनीतिक दलहरुलाई समेत सकस भएको अवस्था छ ।

बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको
निर्वाचनबाट स्थानीय स्तरमै सिंहदरवारको भूमिका खेल्नुपर्ने भनिएको अवस्था छ 
। अब स्थानीय तहमै अर्थात गाउँ-गाउँमै पुगेको सिंहदरवारमा कस्ता व्यक्तिले नेतृत्व लिंदैछन् भन्ने बारे
जानाकार हुनु अत्यावाश्यक छ । हरेक गाउँपालिका वा वडा कार्यालय (जसलाई स्थानीय जनताको सिंहदरवार भनिएको छ) मा कस्ता-कस्ता व्यक्ति जाँदैछन् विश्लेषण हुनु र जानाकार हुनु जरुरी छ 

हामीले यहाँ नमुनाको रुपमा धादिङ जिल्लास्थित ज्वालामुखी
गाउँपालिका अन्तर्गत वार्ड नम्बर ५ खरी (मतदाता संख्या: ३,२६८ [गाउँपालिकाकाकै सबैभन्दा बढी मतदाता भएको ठाउँ]) मा कस्ता व्यक्तिले उम्मेद्वारी दिएका छन्
?
उनीहरुको
शैक्षिक/सामाजिक तथा राजनीतिक स्थिति कस्तो छ
? स्थानीय
समस्याको पहिचानलाई कतिसम्म बुझेका छन्
? भन्ने बारेमा केहि जानकारी दिने प्रयास
गरेका छौं ।


माथिको तश्विरमा: खरीको नक्सा सहित उम्मेदवारको स्थाई बसोबास रहेको स्थान देखाईएको छ |

नेपाली कांग्रेस 

१. बिष्णु प्रसाद दुवाडी (वडा प्रमुख)

साविक ठेगाना: (खरी-१, कुमालटारी)

सम्पर्क नम्बर: ९८४९३८३४६१

शैक्षिक योग्यता: आइए उत्रिण (मानविकी संकाय)

पछिल्लो १० बर्ष: गाउँमै सेवा गरेको अनुभव /
२०४६ देखि कृषि पेशामा समेत आवद्ध  

राजनीतिमा संलग्न बर्ष: २०३९ बाट सक्रिय / २०४६
तथा ६२/६३ को आन्दोलनमा भूमिका खेलेको 

सवारी चलाउन सक्षम/असक्षम: असक्षम

वेबसाइट/इमेल बारे ज्ञान भए/नभएको : हल्का
ज्ञान भएको 

पेशाले शिक्षक समेत रहेका दुवाडी शिक्षामा
खरीका अन्य उम्मेद्वार भन्दा अब्बल छन् । कांग्रेस उम्मेदवार दुवाडीले राजनीतिक
तथा संस्थागत पहल बिनानै आफ्नै सक्रियतामा ३ खानेपानी आयोजनाको काम गरेका छन् ।
२०३९ सालमा गोरखा पढ्दादेखिनै राजनीतिमा निरन्तर संलग्न उनि स्थानीय तहको निर्वाचन
पछी पनि निरन्तर राजनीतिमा सहभागी हुन चाहन्छन् । यो पटकको निर्वाचनमा धेरै लामो
समयदेखि कांग्रेसमा भूमिका खेलेको कारण पार्टीले समेत सर्वसहमत छानेपछी उनि
निर्वाचनमा होमिएको बताउँछन् । उनि भन्छन्
– ‘पार्टीले मलाई
सिनियर नेताको रुपमा मुल्यांकन गर्यो
, अरुले समेत सर्व सहमत मलाई उम्मेदवार
बन्न आग्रह गरे
, मलाई पनि शिक्षण सेवा पछी अब समग्र खरीवासीको
सेवा गर्ने अवसर पाएकोमा उत्साह मिलेको छ ।

गाउँ बिकासका लागि दुवाडीले गर्ने मुख्य ५
कामहरु:-

क) बार्है महिना यातायात सुबिधा 

ख) जुनसुकै समय एम्बुलेन्स सेवा

ग) एक घर – एक धारो 

घ) भूकम्प पिडित सबै घर-धुरीमा समान राहतको
ब्यबस्था

ङ) ब्यबस्थित बिद्धुतीकरण

बिकासको लागि दुवाडीले देखेको आर्थिक स्रोत

- सरकारबाट आउने सबै बजेटको उचित ब्यबस्थापन

- संस्थागत रुपमा एक्सन नेपालले दिने १.१७ करोडको बजेटले खानेपानीको ब्यबस्थापन तथा थप आयोजनाको लागि आर्थिक खोजि गर्ने ।  

इमान्दारिता र निष्ठापुर्वक रुपमा काम गर्ने
सोच लिएका दुवाडी गाउँमा जाने आर्थिक अपचलनलाई रोक्न हरतरहले प्रयासरत गर्ने
प्रतिबद्दता राख्छन । उनि भन्छन
– ‘मान्छेमा नैतिकता हुनुपर्छ आर्थिक
अनियमितता आफै रोकिन्छ । गाउँमा आउने सबै बिकासको काम र आर्थिक कुरालाई पारदर्सी
जनतालाई देखाउने काम गर्छु । हामीले के-के गर्यौं र के-के गर्न बाँकी छ सबै जनताले
हेर्न सक्छन्
|’

दुवाडीको नजरमा गाउँको बिकासको लागी आजसम्म
लागि पर्ने ५ जना व्यक्तिहरु:-

१. विजय भण्डारी (कांग्रेस)

२. राजेश अधिकारी (माओवादी केन्द्र)

३. प्रेम बहादुर अधिकारी (एमाले)

४. बिष्णु गुरुङ (कांग्रेस)

५. गोपालमान श्रेष्ठ

खरीका जनताले तपाइँलाई नै भोट किन दिने ?’
भन्ने प्रश्नमा दुवाडी भन्छन्- कांग्रेसको पालामा जहिले पनि उल्लेखनिय
काम भएको छ
, हामीमा काम गर्ने एकता छ । स्थानीय बिकासमा काम
गरेको आधार हामीमै छ । हामीले जितेर गाउँमै केहि गरेका थियौं । अरुझैँ यो गाउँमा
जितेर अन्तै बसाई सर्दैनौं । यही गाउँको लागी केहि गर्छौं भन्ने अठोट छ ।

 

२. नुन बहादुर राना (खुला सदस्य)

साविक ठेगाना: खरी, धुसेनी)

सम्पर्क नम्बर: ९८६०१६९१७४

शैक्षिक योग्यता: ५ कक्षा

पछिल्लो १० बर्ष: गाउँमै बस्दै आएको

राजनीतिमा संलगता: कांग्रेसमा १ बर्षदेखि,
एमालेमा
२४ बर्ष

एमालेमा २४ बर्ष बिताएका राना भन्छन्
निस्वार्थ
राजनीतिको क्रममा एमालेकै कार्यकर्ताबाट खुट्टा तान्ने प्रवृति भएकोले मैले एमाले
छाडेंको हुँ । स्वतन्त्र रुपमा काम गर्न नसकेपछी एमालेमा बस्नु उचित लागेन ।
पार्टीमा अरुभन्दा बढी बाठो भएर काम गरेको भन्दै मेरो खुट्टा तान्ने काम भयो ।


नम्बर वडामा खुला तर्फ कांग्रेसले उम्मेदवार बनाएको रानाको जितपछीको योजना
निश्पक्ष काम गर्ने रहेको छ । स्वार्थ र जालझेलपूर्ण राजनीतिबाट एक कदम उठेर सबै
खरीवासीमा समान कार्य गर्ने र मिठो/नमिठो बाड्ने उनको योजना छ । खरीमा सबैभन्दा
मुख्य समस्या राजनिती भएको बताउने राना भन्छन
– ‘गाउँमा सबैको
लागि गरिने बिकासमै अवरोध हुन्छ
, अर्को पार्टीले बिकासको काम गरे हाम्रो
पार्टी सिद्धिन्छ भन्ने भावना लिएर हिड्नुनै खरीको मुख्य समस्या हो ।
त्यस्तै
उनको बिचारमा खरीको अर्को मुख्य समस्या खानेपानी रहेको छ । खानेपानी मात्र
ब्यबस्थापन गर्न सक्ने हो भने पनि निकै ठुलो उपलब्धि हुने उनले बताए ।


३. बिष्णु बहादुर गुरुङ (खूला सदस्य)

साविक ठेगाना: खरी ९, जौबारी

सम्पर्क: ९८५११९९२३७

शैक्षिक योग्यता: ९ कक्षा

पछिल्लो १० बर्ष: पछिल्लो १७ बर्षदेखि गाउँमै, भारतमा ११ बर्ष बसेको

राजनीतिमा संलग्नता: १७ बर्षदेखि क्रियाशील (द्वन्दकालमा पनि अग्रसर)

जितपछीको योजना के-के छन् ? भन्ने हाम्रो प्रश्नमा गुरुङले केहि कुरालाई बिशेष प्राथमिकता दिएका छन् । उनको खरीका टोल-टोलमा नगर मोडलमा नमुना बस्ति निर्माण गर्ने देखि लिएर शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बिशेष काम गर्ने तथा उद्योग खोल्नेसम्मको योजना छ । उनले देखेको खरीको सबैभन्दा मुख्य समस्या नै शिक्षामा अग्रसरता हो । उचित शिक्षा भएमा खरीको सबै समस्या आफै समाधान हुने उनको बुझाई छ । आगामी निर्वाचनमा आफुले जिते जिल्लामा समेत अग्रसर भूमिका खेल्ने, सबै राजनीतिक दललाई मिलाएर लैजाने प्रतिबद्धता जाहेर गरेका छन् ।


राधिका अधिकारी (महिला सदस्य)

साविक ठेगाना: खरी – वार्ड न. ७छापथोक 

सम्पर्क: ९८६१२८०७०९ 

शैक्षिक योग्यता: ८ कक्षा

पछिल्लो १० बर्ष: गाउँमै बस्दै आएको

राजनीतिमा संलगता: कांग्रेसमा १/२ बर्षदेखि

जितपछीको योजनाबारे अधिकारीले बाटो ग्राबेल
गर्ने र खानेपानीलाई प्राथमिकतामा राखेको बताइन् । त्यस्तै खरीको मुख्य समस्याको
बारेमा हाम्रो प्रश्नमा उनि भन्छिन्
– ‘खरीको मुख्य समस्या पानी हो, त्यसको
लागि मेरो सक्रिय भूमिका रहनेछ भने बिद्युतमा पक्कि पोलको लागि पहल गरिनेछ ।

आफु
अनुभवी नभएपनि जनताले विश्वास गरेमा हरेक काम सिक्दै र गर्दै जान सक्ने साहश
राखेको उनको भनाई छ ।

 

गीता सुनार (दलित सदस्य) 

साविक ठेगाना: खरी , मैदान

सम्पर्क: 

शैक्षिक योग्यता: ५ कक्षा

पछिल्लो १० बर्ष: गाउँमै बस्दै आएको

राजनीतिमा संलगता: कांग्रेसमा ५ बर्षदेखि

चैनपुर माइती भएकी सुनार जितपछी बिकास
निर्माणको काममा लाग्ने र दलित उत्थानमा काम गर्ने बताउँछिन् । खरीको सबैभन्दा
मुख्य समस्या मध्ये उनले देखेको समस्यामा सडक बिकास र खानेपानी तथा सिंचाई रहेको छ

 

नेकपा एमाले  

१. कृष्ण प्रसाद काप्री (वडा प्रमुख)

साविक ठेगाना: खरी १, सिम्ले 

सम्पर्क: ९८५११६२६३० 

शैक्षिक योग्यता: अण्डर एसएलसी 

पछिल्लो १० बर्ष: गाउँमै (२०४५ सालदेखि)  

राजनीतिमा संलग्न बर्ष: २०३७ सालदेखि
अनेरास्ववियुमा संलग्न / २०४६ हुँदै ६२/६३ को आन्दोलनमा सक्रिय सहभागि

सवारी चलाउन सक्षम/असक्षम : सक्षम (मोटरसाइकल/कार)

वेबसाइट/इमेलबारे ज्ञान भए/नभएको : हल्का
ज्ञान भएको

एमालेका उम्मेदवार कृष्ण प्रसाद काप्रीको पहिलो
सपना बिभिन्न समस्याले खरी छाडेकाहरुलाई फेरी खरीमै लैजानु रहेको छ । स्थानीय
स्तरमै बिभिन्न तरिकाले सेवा मुखी काममा व्यस्त रहँदै आएको बताउने काप्रीले खरीमा
शिक्षाको गुणस्तरको लागि आफुले निरन्तर कुरा उठाउने गरेपनि सर्वदलीय निर्णयले
आफ्नो कुरा नमानेको गुनाशो गरेका छन् । उनको अनुसार अन्य दलले बुढीगण्डकी भ्यु
टावर तथा सडक बिकासको काममा समेत अवरोध गरेको आरोप लगाए ।

बिकास निर्माणको बिषयमा कुरा गर्दै काप्रीले
कृषि बिकासको लागि गाउँको तल्लो सडकको बिकासमा आफुले भूमिका खेलेको बताए । उनको
अनुसार खरीबाट तरकारीमा मात्र बार्षिक १७ लाख भन्दा बढी रकम बाहिर जाने गरेको
भन्दै कृषिमा खरीलाई आत्मनिर्भर बनाउने योजना लिएको बताएका छन् ।

बुढीगण्डकी जलबिद्युत आयोजना प्रभावितहरुको
सरोकार समितिमा सक्रिय सहभागी रहेका काप्रीलाई सरकारले उचित मुआब्जा नदिएको
बिरोधमा गत बर्ष ३ दिन हिरासतमा समेत लिएको थियो ।

आउँदो बैशाख ३१ गते हुने निर्वाचनमा ज्वालामुखी
गाउँपालिका अन्तर्गत वार्ड नम्बर ५ खरीमा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार
उठेका काप्रीले अहिलेसम्म कुनै बिकास निर्माणको समितिमा नबसेपनि काम गर्दै आएको
बताएका छन् । उनि भन्छन्
– ‘म अहिलेसम्म बिकास निर्माणको समितिमा
बसेको छैन । बसेपनि आर्थिक बाटोमा संलग्न हुन्न । यस अघि ४ लाखको काममा ५६
,०००
खाई खर्च देखाइयो । त्यसरी ४ लाखको काममै ५६
,००० खाई खर्च
देखाइएपछी मेरै पहलमा सुक्खा डोजर संचालन गर्ने काम भएको हो । अहिले बिकासको काममा
सुक्खा डोजर संचालन गर्दा बिभिन्न नाममा हुने भ्रष्टाचार नियन्त्रण भएको छ ।

गाउँ बिकासका लागि दुवाडीले गर्ने मुख्य ५
कामहरु:-

क) हरेक बस्तिमा मोटरबाटो र नाला ब्यबस्थापन 

ख) बत्तिको पोल

ग) एक घर/एक धारो तथा पानिको स्रोत खोज्ने

घ) विस्तापितलाई गाउँमै रोक्ने

ङ) पर्यटकीय गाउँ बनाउने

बिकासको लागि काप्रीले देखेको आर्थिक स्रोत: 

- ढुंगा तथा बालुवा बेच्न सकिन्छ । बन-पैदावारबाट
पनि आम्दानी गर्न सकिन्छ । पर्यटकलाई आकर्षित गर्न सक्ने काम गर्न सकिन्छ ।
युवाहरुलाई गाउँमै थेग्न उद्योग-कलकारखाना स्थापना गर्न सकिन्छ । त्यस्तै सरकारबाट
आउने सबै बजेटको उचित ब्यबस्थापन गर्नुपर्छ । त्यस्तै माटो परिक्षण गरेर ब्यबसायीक
खेति गर्न सकिन्छ ।

गाउँमा जाने आर्थिक अपचलनलाई रोक्न काप्रीले
निरन्तर अनुगमन गर्ने बताए । उनि भन्छन्
– ‘टोल-टोलमा
सार्वजनिक सुनुवाई गर्न सकिन्छ । जनतालाई सचेत पारेमा भ्रष्टाचार भएको ठाउँमा
बिरोध गर्न सक्ने बनाउन सकिन्छ ।

काप्रीको नजरमा गाउँको बिकासको लागी आजसम्म
लागि पर्ने खरीका ५ जना व्यक्तिहरु:-

उनले यो बिषयमा अहिले भन्न नमिल्ने बताए । उनले
भने
– ‘यो बिषयमा अहिले नजाउँ । निर्वाचनको मुखमा यो कुरा गर्नु राम्रो
हुँदैन ।

खरीबासीले तपाइँलाई नै भोट किन दिने ? भन्ने
हाम्रो प्रश्नमा काप्री भन्छन्
– ‘टिकट पाउनु र जित्नु ठुलो कुरा होइन,
हाम्रो
खरी ! राम्रो खरी ! भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढ्नेछु ।

 

२. प्रेम बहादुर अधिकारी (खुला सदस्य)

साविक ठेगाना: खरी ७, छापथोक 

शैक्षिक योग्यता: टेस्ट पास 

पछिल्लो १० बर्ष: गाउँमै

राजनीतिमा संलग्नता: प्रारम्भिक २०३६ सालदेखि
निरन्तर (२०४१ साल भीपीएजीको सदस्य
, ४६ सालको आन्दोलनमा भूमिका, २०५१
सालमा गाउँपार्टी कमिटि
सचिव, अधिवेसनबाट १६
बर्ष सम्म

जनआन्दोलन ताका माओवादीबाट धेरै सताइएका मध्ये
एक हुन् प्रेम बहादुर अधिकारी । एमालेमा सक्रिय रुपमा राजनीति गर्ने क्रममा
द्वन्दकालमा उनलाई पदबाट राजनीनामा नदिए मार्ने सम्मको धम्कि आएपनि उनले आफुलाई
राजनीतिमा निरन्तर टिकाईरहे । पछिल्लो पटक संबिधानसभाको निर्वाचनमा एमालेलाई
निरन्तर सहायोग गरेका उनि बिकासमा अग्रसर मानिन्छन् ।

अहिलेको निर्वचनमा एमालेको तर्फबाट वडा सदस्य
उठेका अधिकारीको जितपछि जिल्ला समन्वय समितिमा जाने पहिलो योजना रहेको खुलाशा गरे
। त्यस्तै उनको अर्को योजना छ
, गाउँपालिका अन्तर्गत न्यायपालिकामा
जाने ।

खरीको बिकासका लागि ५ बर्षमा केहि
गर्ने उध्यश्य लिएका अधिकारीले खरीको समृद्धिलाई साकार पार्न खानेपानी
, सडक,
कृषि,
सिंचाई,
शिक्षा
र स्वास्थ्यलाई ब्यबस्थापन गर्नुपर्ने बताए । उनको अनुसार खरीको मुख्य समस्या
खानेपानीन नै हो । त्यस्तै उनले बेरोजगारी हटाउन आधुनिक कृषिको थालनी गर्नुपर्ने
बताए । उनले खरीलाई गाउँपालिकाकै नमुना वार्ड बनाउनको लागि स्रोत-साधन जुटाउन
प्रयास गर्ने बताए । 


३. चन्द्र बहादुर आले मगर (खूला सदस्य)

साविक ठेगाना: खरी ८, भदुवार)

सम्पर्क:  ९८१८१६२८३९

शैक्षिक योग्यता: टेस्ट पास

पछिल्लो १० बर्ष: गाउँमै

राजनीतिमा संलग्नता: ४५ सालदेखि निरन्तर

खरीस्थित अन्नपूर्ण मा.वि घलेडाँडाको ब्यबस्थापन समिति अन्तर्गत २ कार्यकाल अध्यक्ष समेत रहेर काम गरेका मगरको जित पछी योजना पनि खानेपानीमै बिकास गर्ने रहेको छ । उनले गाउँलाई ब्यबस्थित पार्नको लागि बस्तिको घर-घरमा सडक आवश्यक रहेको जिकिर गरेका छन् ।

खरीको मुख्य समस्याबारे उनले देखेको मुख्य समस्या पनि खानेपानी नै हो । उनले खानेपानीको लागि आर्थिक स्रोत जुटाउने र त्यसको लागि सरकारी तथा गैर सरकारी तबरबाट प्रयास गर्ने बताए । त्यस्तै खरीमा उनले शिक्षा, स्वास्थ्य र बिद्युतको समस्या छ । समस्या समाधानको लागि सक्दो प्रयास गरिने उनले बताएका छन् ।

४. तारादेवी राना मगर (महिला सदस्य)

साविक ठेगाना: खरी ६, ढाडागाउँ

सम्पर्क:  

शैक्षिक योग्यता: साधारण (५ कक्षा)  

पछिल्लो १० बर्ष: गाउँमै

राजनीतिमा संलग्नता: पहिलो पटक खुलेर लागेको (यस अघि पार्टीलाई मत मात्र हालेको) 

खरीमा संचालित जलदेवी कृषि सहकारीमा उपाध्यक्ष पदमा रहेर कार्यरत तारादेवीले आफुले खरीमा जित्न सके पार्टीको नीति अनुसार महिलालाई जागरुक गराउने र महिला शसक्तिकरण गर्ने योजना रहेको बताइन् । खरीमा उनले देखेको मुख्य समस्या पनि खानेपानी नै हो । साथै अर्को समस्याका रुपमा उनले महिलाको बिकासमा कसैले केहि गरेको महसुश नभएको भन्दै आफुले त्यसको लागि जिम्मेवार भएर काम गर्ने बताएकी छन् ।

५. गीता चर्मकार (दलित सदस्य) 

साविक ठेगाना: खरी ५, सुशिलडाँडा 

सम्पर्क: 
९८४९१४४५९४

शैक्षिक योग्यता: अशिक्षित

पछिल्लो १० बर्ष: गाउँमै

राजनीतिमा संलग्नता: केहि बर्ष 

जितपछीको योजना बारे चर्मकारका दुई योजनामा
पहिलो दलितहरुको सेवामा लाग्ने रहेको छ भने अर्को बिकास निर्माणमा पार्टीले दिएको
जिम्मेवारी पुरा गर्ने रहेको छ । खरीको सबैभन्दा मुख्य समस्याबारे उनले पनि
खानेपानीलाई नै अघि सारेकी छन् ।


अब उम्मेदवार विश्लेषण गरौँ 

यो पटक निर्वाचनमा उठेका सबै उम्मेदवारले
अनिवार्य र पहिलो प्राथमिकतामा राखेको समस्या खानेपानी रहेको छ भने केहि
उम्मेदवारले केहि नयाँ कुरा पनि उठाएका छन् ।


माथिको तश्विरमा: खानेपानीको समस्या देखाइएको छ | खरीको ७० प्रतिशत भन्दा बढी जनता खानेपानीको समस्यामा छन् | 

खरीमा उठेका मुख्य दलहरु कांग्रेस-एमालेका
उम्मेदवार मध्ये शिक्षामा ९० प्रतिशत उम्मेदवार अण्डर एसएलसी छन् (कसले कति पढेका छन् माथि बायोडाटामा दिईएको छ) । त्यसमा पनि दुई
राजनीतिक दलका उम्मेदवारलाई शिक्षामा दाज्ने हो भने कांग्रेसले ६५ प्रतिशत
शिक्षित उम्मेदवार उठाएको छ 
। यही तुलनामा एमालेले उठाएको उम्मेदवारमध्ये ५६ प्रतिशत शिक्षित छन् । कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बिष्णु दुवाडी मात्र आईए पास छन् भने अरु अन्डर
एसएल सी छन् त्यस्तै एमालेबाट भने सबै उम्मेदवार अन्डर एसएलसीका छन् ।

स्थानिय स्तर अनुकुलको
बिकासमा उम्मेदवारले पहिलो प्राथमिकतामा खानेपानी
, दोश्रोमा सडक,
तेश्रोमा
बिद्धुत ब्यबस्थापन र चौथोमा कृषिलाई अगाडी सारेका छन् । त्यस्तै केहि उम्मेदवारले
पर्यटन र भ्यु टावर निर्माणको कुरालाई पनि आफ्नो योजनामा अघि सारेका छन् ।  व्यक्तित्वको बिषयमा कुरा गर्ने हो भने ५०
प्रतिशत उम्मेदवार मात्र सामाजिक/राजनीतिक रुपमा प्रतिष्ठीत र सक्षम छन् भने बाँकी
कोटा पुर्याउनको बाध्य भएर खडा गरिएका देखिन्छन् ।

माओवादी केन्द्र कता ?  

ज्वालामुखी गाउँपालिकामा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार बिनोद तिमल्सिनालाई प्रमुखमा सघाउने भएको छ भने उप-प्रमुखमा कांग्रेसले माओवादीलाई सघाउने भएको छ । यस्तो अवस्थामा खरीबाट माओवादीको नेतृत्व लिएका राजेश अधिकारी समेत खरीको निर्वाचनमा नभई गाउँपालिकाको निर्वाचन प्रचारमा लागि परेका छन् । उनिसँग हामीले सम्पर्क गर्दा खरीमा माओवादीले वडा प्रमुखमा कांग्रेसलाई नै सघाउने पक्का-पक्कि छ भने बाँकी सदस्यमा मिस्रित मतदान गर्ने बुझिएको छ । 

भोट कसलाई हाल्ने ?

निर्वाचन अगावै हामीले भोट दिने उम्मेदवार कति
सक्षम छन्
? हाम्रो समस्या बुझेका छन् कि छैनन् ? उनीहरुको
सामाजिक ब्यबहार कस्तो छ
? उनीहरु कति ––तथा नयाँ युगको
माग अनुसार काम गर्न सक्षम छन्/छैनन्
? यस बिषयमा बुझेर मात्र मतदान गर्नु
बुद्धिमानी हुन्छ ।

तर हामीमा माथिका बिभिन्न प्रश्नहरुको जवाफ
खोज्नुपुर्व नै मतदान कसलाई गर्ने भन्ने निर्णय भईसक्ने गरेको छ ।

फलानो पार्टीलाई मत दिन्छु
भनेर मात्र हुँदैन, ‘मैले
कस्तालाई भोट दिंदैछु
?’ भन्ने बारे बुझेर मात्र सक्षम
व्यक्तिलाई भोट दिनुपर्छ । पार्टी भन्दा पनि उम्मेदवारको सक्षमता छ/छैन अनिवार्य
हेर्नुपर्छ । अझ मुख्य कुरा त वडा अध्यक्षलाई मत दिँदा तथा गाउँपालिका
प्रमुख/उपप्रमुखलाई मत दिँदा बिशेष ध्यान दिनुपर्छ । त्यस्ता व्यक्ति छान्दा
शिक्षित
, नीतिगत कुरामा दक्ष, स्थानीय समस्या बुझेको, सबैलाई
समान ब्यबहार गर्नसक्ने
, निस्वार्थ काम गरेको, बिकास
निर्माणमा परिवेस सुहाउँदो भिजन दिन सक्ने
, इमेल/इन्टरनेटको प्रयोग बारे ज्ञान
भएको
, जितकै लागि पैसा वा पावरको प्रयोग नगरेको र स्वच्छ छबी बनाएको
व्यक्तिलाई छानेर मतदान गर्नुपर्छ । यसरी अब्बल व्यक्तिलाई मत दिएर जिताउँदा
त्यसको प्रत्यक्ष प्रभाव यथासिघ्र स्थानीय स्तरसम्म देखिन थाल्छ । जसको समग्र
रुपमा प्रदेश बन्छ र प्रदेश/प्रदेश सक्षक बने मात्र देश बन्छ ।

सक्षम व्यक्तिको नेतृत्व छान्न तर्फ केन्द्रित
नभई कुनै पार्टीगत वा व्यक्तिगत वा कसैको बहकावमा आएर मतदान गर्दा त्यसले भविष्यमा
स्थानीय बिकासमा निकै समस्या पार्छ । असक्षम व्यक्तिलाई चुनेर पठाउँदा त्यसको असर
आफैमा देखिन थाल्छ । हामीले सोचेको गाउँ बिकासमा आज तपाइले चुनेको उम्मेदवारले
भूमिका खेल्न नसक्दा हामी जुनसुकै पार्टीका नागरिकलाई पनि समान समस्या पर्छन ।
त्यसैले निकै सुझ-बुझपूर्ण ढंगले मतदानमा सहभागि भई यस पटकको निर्वाचनमा सक्षम
व्यक्तिलाई मतदान गर्नुस । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी