२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावप्रचार भड्किलो बन्दै

२०७४, २४ बैशाख आईतवार ११:३०

बैशाख २४, म्याग्दी । बेनीमा छपाइको काम गर्दै आएका दिप्ती अफसेट प्रेसका सञ्चालक सोलु राजवंशी एक हप्तायतादेखि निकै व्यस्त हुनुहुन्छ । 

बेनीकै कालीगण्डकी अफसेट प्रेसका कर्मचारीलाई विभिन्न राजनीतिक दलको स्थानीय प्रतिवद्धतापत्र र नमुना मतपत्र छपाइ गर्न भ्याइनभ्याई छ । सङ्गमचोकको लालीगुराँस प्रिन्टिङ सेन्टरका सञ्चालक सन्दिप खत्रीलाई उम्मेदवारको प्रचार सामग्री बनाउने व्यस्तताले गर्दा कुरा गर्ने फुर्सद छैन । 

राजवंशी र खत्री मात्र होइन बेनीमा रहेका सबै अफसेट प्रेस, आर्ट, फ्लेक्स प्रिन्ट सेन्टरमा चुनाव प्रचारका सामग्री बनाउन नेता कार्यकर्ताको भीड देखिन्छ । “खाने फुर्सदसमेत छैन,” खत्रीले भन्नुभयो – “उम्मेदवारको गोजीपात्रो, क्यालेन्डर, फ्लेक्स, सामाजिक सञ्जालमा राख्ने प्रचार सामग्री बनाउन व्यस्त छु ।” 

यहाँका राजनीतिक दल र उम्मेदवारले टिसर्ट, टोपी, झन्डा, स्टिकर, फ्लेक्स प्रिन्टलाई चुनावप्रचारको माध्यम बनाएका छन् । उम्मेदवारमाझ टिर्सटमा आफ्नो पार्टीको झन्डा र चुनाव चिन्ह छापेर कार्यकर्तालाई वितरण गर्ने होडबाजी चलेको छ । 

धेरै उम्मेदवार भएकाले प्रतिवद्धतापत्र, नमुना मतपत्र छपाइ गर्ने तथा प्रचार सामग्री बनाउने कामको चाप बढेको कालीगण्डकी अफसेट प्रेसका सञ्चालक लीलाराम गौतमले बताउनुभयो । 

चुनावी गतिविधिले तीव्रता पाएसँगै पेट्रोलियम पदार्थ र ग्रामीण क्षेत्रका होटलको समेत कारोबार बढेको छ । उम्मेदवारले गाडी रिजर्भ गरेर प्रचारमा हिँड्ने, कार्यकर्तालाई मोटरसाइकलमा पेट्रोल हालेर ¥याली तथा प्रचारमा लैजाने गरेका छन् । घरदैलो र आमसभा गर्न गाउँमा दैनिकजसो नेता कार्यकर्ता पुग्ने हुनाले ग्रामीण क्षेत्रका होटल तथा रेस्टुराँमा व्यापार बढेको व्यवसायीले बताएका छन् । 

चुनावमा तडकभडक देखाउने प्रवृतिका कारण आर्थिक गतिविधि बढेको म्याग्दी बहुमुखी क्याम्पसको अर्थशास्त्र विषयका प्राध्यापक भोलनाथ घिमिरेले बताउनुभयो । “चुनावमा होमिएकाले खर्च बढाउने र विभिन्न किसिमले बजारमा पैसा आउने गर्छ,” घिमिरे भन्नुहुन्छ – “चुनाव सकिएलगत्तै यसले सामाजिक रुपमा समस्या पनि निम्त्याउन सक्छ ।” 

मतदातालाई प्रभावमा पार्न र कार्यकर्तालाई परिचालन गर्न उम्मेदवार तथा दलहरुले गर्ने खर्च चुनाव लगत्तै बिलाउने हुँदा त्यसले आममानिसको जीवनमा दीर्घकालीन फाइदा गर्दैन । यसकारण निर्वाचन आचारसंहिता पालनामा कडाइ तथा सर्वसाधारणमा चेतनाको विकास गराउनुपर्ने प्राध्यापक घिमिरेको भनाइ छ । 

व्यवसायीले भने चुनावको समयमा धेरैजसो कारोबार उधारो हुने गरेको बताउँछन् । विश्वास गरेर उधारोमा सामान दिए पनि चुनाव सकिएपछि हार्ने वा जित्ने कसैले पनि बक्यौता तिर्न वास्ता नगर्ने गरेको व्यवसायीको गुनासो छ । बजारका पसल तथा होटलमा कतिपय राजनीतिक दलले २०६४ र ७० सालको संविधानसभा निर्वाचनको खर्च तिर्न बाँकी रहेको व्यवसायीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ