2026-09-19 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आचारसंहिता मिच्दै चुनाव प्रचार यसरि गर्दैछन दलहरु

बैशाख २४, नवलपरासी । नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् । 

चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलबाट उम्मेदवार बनेका उम्मेदवार र अन्य नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचार अभियानमा जुटिरहेका छन् । प्रदेश न ४ को नवलपुर क्षेत्रमा विभिन्न दलले निर्वाचन आचारसंहिता विपरीत प्रचारका लागि धेरै मात्रामा मोटरसाइकल यात्रालाई जोड दिइरहेका छन् । 

यसैगरी, आचारसंहिता विपरीत नवलपुर क्षेत्रमा कतिपय दल बिहानै ७ बजेदेखि नै चुनावप्रचारमा निस्कने गरेका छन् । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘निर्वाचन प्रचारप्रसारका क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारीसाधनको ¥याली गर्न वा गराउन नहुने’ उल्लेख रहेको छ । 

निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेगलत्तै उम्मेदवार चुनावी प्रचारमा जुटेका हुन् । निर्वाचन आयोगले प्रचारप्रसारका लागि ६ दिनको समय दिएको छ । उम्मेदवारले बिहान ८ देखि साँझ ७ बजेसम्म प्रचारप्रसार र चुनावी कार्यक्रम गर्न पाउनेछन् । वैशाख २८ गते रातको १२ बजेपछि प्रचार प्रसारका कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । 

नवलपरासीमा कामय भएको १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुँदैछ जसमध्ये चारवटा नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछन् । पहिलो चरणमा नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दुमा निर्वाचन हुनेछन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट र विनयी त्रिवेणी रहेका छन् । 

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा निर्वाचन हँुदैछ । नवलपरासीमा हाल ६ वटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा पहिलो चरणमा निर्वाचन हुँदैछ । विशेषगरी क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)बीच प्रतिस्पर्धा हुने देखिन्छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ४ मा करिब एक सय ३२ मतदानस्थल र दुई सय सय ८७ मतदान केन्द्र रहनेछन् । पहिलो चरणमा निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ को आठवटा स्थानीय तहमा करिब दुई लाख मतदाता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ