रोशन तिवारी

वैशाख २४

नेपाली काँग्रेस फलेवासले आज कार्किनेटामा आयोजना गरेको विशाल जनसभामा १५१ जना एमाले र माओबादीका कार्यकर्ताहरु ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी

वैशाख २४

नेपाली काँग्रेस फलेवासले आज कार्किनेटामा आयोजना गरेको विशाल जनसभामा १५१ जना एमाले र माओबादीका कार्यकर्ताहरु ने"/>

2026-06-28 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भत्कियो एमालेको गढ, कार्किनेटामा काँग्रेसको सभामा १५१ जनाले गरे प्रवेश

2017-05-07

वैशाख २४, पर्बत । नेपाली काँग्रेस फलेवासले आज कार्किनेटामा आयोजना गरेको विशाल जनसभामा १५१ जना एमाले र माओबादीका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा एमालेको गढ मानिने ठाउँमा यूवाहरु रहेका छन् । फलेवास नगरको विकास काँग्रेसले वाहेक अरु पार्टिले गर्नै नसक्ने ठहर गर्दै प्रवेश गरेको नवप्रवेशीहरुले जनाएका छन् ।

विशाल जनसभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले स्थानीय सरकारलाई वलियो बनाउन काँग्रेसको विजय आवश्यक रहेको वताउनुभयो । उहाँले सिँह दरवारका अधिकार अव गाउँका जनताले घरदैलोमै पाउन लागेको र जनतालाई अझै अधिकार सम्पन्न गराउन काँग्रेसको विकल्प नरहेको दावी गर्नुभयो ।

देशमा संघीयता ल्याउन, संविधान निर्माण गर्न, देशमा शान्ति र स्थायित्व कायम गर्न काँग्रेसले नेतृत्व गर्दै आएको वताउँदै नेता जोशीले अव संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि तर्फ लाग्न पनि काँग्रेसलाई जिम्मा दिन आम मतदाताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य प्रदीप पौडेलले एमालेले रचेको नक्कली राष्ट्रवाद जनताले पत्याउन नसक्ने वताउनुभयो । उहाँले पहाड, तराई र हिमालका नागरिकहरुलाई एउटै नजरले हेर्नुपर्ने वताउनुभयो ।

एमालेले झुठा र अमूर्त नारा लगाएर सत्ता हत्याउने दुष्चेष्टा गरेको पौडेलले आरोप लगाउनुभयो । देशलाई माया गर्ने सवै नेपाली काँग्रेसको चारतारे झण्डामुनी गोेलवन्द हुनुपर्ने उहाँको भनार्ई थियो । कार्यक्रममा  नेपाली काँग्रेस पर्वतका पार्टि सभापति खिमप्रसाद भुसालले पर्वतका सर्व स्थानीय तहमा काँग्रेसको वहुमत आउने वताउनुभयो । उक्त सभामा वोल्दै फलेवास नगरको मेयरका उम्मेदवार गंगाधर तिवारीले कार्किनेटामा आज भएको सभाको उपस्थितीले काँग्रेसले दुई तिहाई मत ल्याएर विजयी हुने निश्चित भएको वताउनुभयो ।

फलेवास नगरलाई नमूना नगर वनाउन, दलित, महिला,जनजाती, यूवा, एवं सैब वर्गका व्याक्तिहरुको जीवनस्तर उकास्न काँग्रेसको विजयी हुनु आवश्यक रहेको तिवारीको भनाई छ । उपमेयर पदका उम्मेदवार रेखा गुरुङले फलेवास नगरमा काँग्रेसले विजयी गर्ने सुनिश्चित भएको दावी गर्नुभयो , फलेवास नगरका नागरिकहरु समेत रहेको र रुखमै भोट हाल्ने वताउनुभयो ।

उक्त सभामा नेपाली काँग्रेस पर्वतका पूर्व पार्टि सभापति नवराज गुरुङ, महासमिति सदस्य राधाकुमारी क्षेत्री, पूर्व महासमिति सदस्य गंगाराज शर्मा, महाधिबेशन प्रतनिधी राजेन्द्र तिवारी,  नेविसंघका केन्द्रिय सदस्य शैलेन्द्र गौँडेल, काँग्रेस नेता ढकप्रसाद तिवारी, कृष्ण गौँडेल, नेविसंघका जिल्ला अध्यक्ष मिलन सुबेदी,थापाठानाका सभापति थमानसिँह थापा, शंकरपोखरीका सभापति एवं फनपा ३ का वडाअध्यक्षका उम्मेदवार अर्जुनवहादुर केसी, कार्किनेटाका वडाअध्यक्षका उम्मेदवार एकनारायण पौडेलले पनि वोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन काँग्रेस नेता धनवहादुर थापाले गर्नुभएको थियो । उक्त सभामा फलेवास नगरका सबै वडाका हजारौँ कार्यकर्ताहरु आईरिएर आएका थिए । रोशन तिवारीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी