बैशाख २४, नवलपरासी । स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २४, नवलपरासी । स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएक"/>

2026-07-25 04:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा चुनावी होडबाजीले दलहरुको दैनिक लाख भन्दा बढि खर्च


बैशाख २४, नवलपरासी । स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएको छ । दलहरुले विपक्षि दलहरुको चुनाव अभियानलाई फितलो बनाउन विभिन्न चुनावी तरिका अपनाउदै प्रतिस्पधर्मा उत्रिएपछि उम्मेदवारहरुको दैनिकि खर्च लाख नाघ्न थालेको छ ।

निर्वाचन आयोगले नगरपालिको मेयर तथा उपमेयरलाई ४ लाख ५० हजार र वडा अध्यक्ष सहित अन्य पदका लागि २ लाख र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखलाई ३ लाख ५० हजार र वडा अध्यक्ष र अन्य पदका लागि १ लाख ५० हजार रुपिया मात्र खर्च गर्न पाउने सिमा निर्धारण गरेपनि उम्मेदवारहरुको चुनावी हाडबाजीले खर्च सिमा नाघेको पाइएको छ ।  

जिल्लाकोे हाईवेक्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र त्रिवेणी बिनयी गाउँपालिकामा शिर्ष दल नेपाली कांग्रेस, नेकपा एमाले र माओबादीको तिनकोणिय प्रतिस्पर्धाले यो क्षेत्रमा अरु क्षेत्रभन्दा चुनावी खर्च बढेको प्रष्ट देख्न पाईन्छ । 

जिल्लामा नवलपुर क्षेत्रमा पहिचालो चरणको निर्वाचनमा ४ नगरपालिका र ४ गाउँपालिका गरि ८ स्थानिय तहको निर्वाचन हुदैछ । नगरपालिका तथा गाउँपालिका प्रमुख उम्मेदवारहरुले जनता तथा प्रतिस्पर्धि उम्मेदवारमा आफनो प्रभाव पार्न चुनाव चिन्ह छापको टिसर्ट, रुमाल, टोपी छपाई गरि गाउँगाउँ बजार बजारमा कार्यकर्ता तथा सर्वसाधरणलाई बाडने गरेका छन् भने पार्टीको झण्डा छपाई गरि घर-घर चोक-चोकमा झुण्डाएका छन् । 

त्यति मात्र होईन घरदलो अभियानमा जनशक्ति प्रदर्शन गर्दा कार्यकर्ताहरुलाई विहान, दिउसो, साँझको खानाखाजा र चुनावी प्रचार प्रसारमा प्रयोग गरिएका दर्जनों सवारी साधन, मोटरसाईकल, साउण्ड बक्सको भाडा र ईन्धन समेतको खर्च व्यहोर्दा उम्मेदवारहरुको खर्च लाख भन्दा बढि बढेको पाइएको छ । खास गरि खानाखाजा र टिर्सर्ट झण्डा र पेटोलमा बढि खर्चिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक