पर्वत ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका पर्वतले आज नगरका खुर्कोट, पकुवा र आर्थरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका कुश्मा नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका पर्वतले आज नगरका खुर्कोट, पकुवा र आर्थरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका कुश्मा नगरपालिक"/>

२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेस जनताको घरदैलोमा भोट माग्दै पुग्यो

२०७४, २५ बैशाख सोमबार १३:३६

पर्वत ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका पर्वतले आज नगरका खुर्कोट, पकुवा र आर्थरमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका कुश्मा नगरपालिकाका मेयरका उम्मेदवार रामचन्द्र जोशीले आगमी तिर्न बर्षभित्रमा नगरका सबै वडाहरुमा सडक  पिच्च गर्ने बताउनु भएको छ । उहाँले कुश्मा नगरपालिका क्षेत्रलाई नेपालकै नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्न दावी समेत गर्नुभयो ।

 उहाँले वडामा भएका विद्यालयलाई थप बिस्तार गरी सञ्चालन गर्ने, खोतियोग्य जमिनमा उत्पादन बढाउन सिचाई(कुलोको प्रबन्ध गर्ने, यस क्षेत्रको खानेपानीको समस्यालाई निराकरण गरी नगरका सबै जनताका लागी सुरक्षित खाननेपानीको व्यवस्था गर्ने लक्ष्य रहेको बताउनुभयो ।कार्यक्रममा उपमेयरका उम्मेदवार सिता काफ्ले लामिछानेले सम्मुनत नगर बनाउने आफुहरुको प्रतिवद्धता रहेको बताउनु भयो ।

काँग्रेसले मात्र विकास निर्माणको काम गर्न सक्ने भएकाले पनि काँग्रेस विकल्प नभएको दावी गर्नुभयो । उहाँले महिला हिसां, समाजिक विभेदजस्ता सामजिक कुरितीलाई अन्त्य गर्दै समुन्नत समाजको स्थापना गर्ने प्रतिवद्धता गर्नुभएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति लालकाजी गुरुङ,महाधिवेशन प्रतिनिधी युवराज जोशी, महासमिति सदस्य बसन्तवहादुर सिके,नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, पर्वत क्षेत्र नम्वर १ का क्षेत्रिय सभापति गंगाधर पौडेल, जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष डाक्टर चुडामणी शर्मा, यूवा नेता मनोज गुरुङ।, नेपाल दलित संघ पर्वतका अध्यक्ष शिव परियार, सचिव आनन्द विश्वकर्मा लगायतले बोल्नुभएको थियो । त्यस्तै आर्थरमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सन्तोष वि.कको नेतृत्वमा ८० जना भन्दा बढि युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वडा सभापति रुद्रमोहन रिमालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएके हो । 

नेपाली काँग्रेस फलेवास नगरपालिकाले आफ्नो चुनावी अभियान अन्र्तगत आज नगरको मुडिकुवा र खानीगाउँ वडामा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्वोधन गदै नेपाली काँग्रेस पूर्व साँसद ऋषिकेश तिवारीले आफ्नो पार्टीको पक्षमा देशव्यापी चुनावी लहर आएको दावी गर्नुभयो । उहाँले लोकतान्त्रिक संविधान निर्माणका लागि जनताले काँग्रेसलाई बहुमत दिने दावी समेत गर्नुभयो । काँग्रेसले बोलेका कुरा पुरा गरेर देखाउने पार्टी भएकाले काँग्रेसलाई मत दिन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै फलेवास नगरको मेयरका उम्मेदवार गंगाधर तिवारीले नगरलाई समृद्ध बनाउने एजेण्डा काँग्रेस सँग मात्र भएको बताउनु भएको छ । तिवारीले फलेवास नगरपालिकाका पाङराङ र कार्किनेटासम्मका सवै वडालाई समान रुपमा विकास र समृद्धिको सिँढीमा चढाउने संकल्प सहित घरदैलोमा हिँडेको उहाँले वताउनुभयो ।

हरेक वडामा संभावना हेरेर उद्योग स्थापना देखि कच्चि सडकलाई पक्कि वनाउने, दलित, जनजाती, अपाङग, जेष्ठ नागरिक, महिला, पूरुषलाई स्वरोजगार वनाउने, हरेक स्वास्थ्य संस्थामा एक जना विशेषज्ञ डाक्टरको व्यवस्था गराउने जस्ता योजना पुरा गर्ने उहाँको प्रतिवद्धता रहेको छ । उपमेयरका उम्मेदवार रेखा गुरुङले नगरवासीका पिरमर्कामा साथ दिँदै समस्या र अभावमा अल्झिएका वर्गको उत्थानमा राजनीतिमा होमिएकाले अवका दिनमा त्यस्ता वर्गको उत्थानका लागि समर्पित हुने अठोट व्यक्त गर्नुभएको छ ।  

उहाँले अत्याधुनिक अस्पताल स्थापना गर्ने, सबै ठाउँमा सिंचाई सुविधा पु¥याउने, कृषिमा नगरलाई आत्मनिर्भर बनाउने र प्रत्येक घरलाई एक घर एक रोजगार नीति बनाएर बेरोजगारी अन्त्य गर्ने दावी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य राधा कुवँर क्षेत्री, नेपाली काँग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव सुमन तिवारी, मुडिकुवाका वडाध्यक्षका उम्मेदवार वालकृष्ण तिवारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेल र कार्यक्रम सञ्चालन विद्यार्थी नेता अच्युत तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो