पर्वत,  नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,  नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्"/>
२०८३, १८ जेष्ठ सोमबार
पर्बत - PBT

चुनावको मुखमा पाइप बितरण गर्दै एमाले, आचारसंहिता विपरीत चुनावी प्रचार

२०७४, २७ बैशाख बुधबार ०४:०९

बैशाख २७, पर्वत नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्दै गरेको अवस्थामा प्रहरीले मंगलबार पाइप नियन्त्रणमा लिएको छ ।

चुनावको मुखमा उम्मेदवारले मत प्रभावित पार्नका लागि लगेको भन्दै सुचनाको आधारमा प्रहरीले ग१ज २५७८ नम्बरको बोलेरो जीपसहित पाइप नियन्त्रणमा लिएको हो । ‘चुनावलाई लक्षित गरेर एमालेले बितरण गरेको पाइप भएको ठम्याइसहित प्रहरीलाई खबर गरेका थियौ’ कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका अर्जुन क्षेत्रीले भने । सारथी न्यूजले खबर लेखेकाे छ ।

कुश्मा–८ का राजु सुबेदीले आफ्नो घर प्रयोजनका लागि पाइप कुश्माबाट ल्याएको दाबी गरे । उनले आफ्नो घरमा ल्याउने योजनाको प्रयोजनका लागि दाबी गरेपनि उनको घरमा पहिले नै पानीको धारा आइपुगेको छ । उनले पाँच सय मिटर पाइप ल्याएको बताएपनि जीपमा २० एमएमको पाँच क्वाइल पाइप भेटिएको छ । २० एमएमको पाइपमा प्रति क्वाइल तीन सय मिटर हुन्छ । त्यसले पनि सुवेदीले हतारमा बोलेको पाइएको छ ।

सुवेदीले कुश्माको बिशाल हार्डवयरबाट किनेर ल्याएको बताएपनि उनीसँग खरिद बिल देखाउन मानेनन् । अन्त्यमा प्रहरीले जीपसहित पाइप जिल्ला प्रहरी कार्यालयमा लगेपछि हतार–हतार बडागाउँस्थित बिशाल हार्डवयरमा पुगेर पाँच सय मिटर पाइपको बिल बनाएका थिए । पछि सुवेदीले पाँच सय मिटर पाइपको बिल प्रहरीमा बुझाएपछि छाडिएको थियो । जीपमा एक हजार पाँच सय मिटर पाइप रहेपनि पाँच सय मिटरको बिल ल्याएर प्रहरीले छाडेपछि घटना थप रहस्यमय भएको छ ।

http://sarathinews.com/wp-content/uploads/2017/05/

जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालले जीपमा पाइप लग्दै गरेको अवस्थामा एमाले र काँग्रेस पक्षबिच बिवाद भएपछि नियन्त्रणमा लिएर कागजात ल्याएपछि कसैलाई बितरण नगर्ने सर्तमा छाडिएको बताए । सुबेदीले एमालेका उम्मेदवारबाट पाइप गाउँमा बितरणका लागि लैजादै गर्दा आफुहरुले प्रहरीलाई उजुरी गरेको कुश्मा–८ का वडा अध्यक्षका उम्मेदवार राजकुमार क्षेत्रीले बताए । पाइप गाउँतर्फ लैजाने राजु सुवेदी हालै एमालेमा प्रवेश गरेका हुन । उनलाई नेकपा एमालेले गाउँमा मत प्रभावित पार्नका लागि बितरण गर्नका लागि पाइप दिएको स्रोतले बताएको छ ।

उता स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समिति पर्वतका संयोजक बिष्णु खरेलले आचारसंहिताबिपरित मतदातालाई प्रभावित पार्ने काम भएमा कारबाही हुने जानकारी दिए । निर्वाचन नजिकिदै गर्दा आचारसंहिता बिपरितका गतिविधि बढ्न थालेको छ । दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताबिपरित बाइक ¥याली, बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्मबाहेकको समयमा माइकिङ गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ