बैशाख २७, नवलपरासी । चुनावी होडबाजीले नवलपरासीमा आचारसंहिता विपरित प्रचार प्रसार भैरहेको छ । 

स्थानिय चुनावमा जनशक्ति प्रदर्शन गर्न र जनतामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २७, नवलपरासी । चुनावी होडबाजीले नवलपरासीमा आचारसंहिता विपरित प्रचार प्रसार भैरहेको छ । 

स्थानिय चुनावमा जनशक्ति प्रदर्शन गर्न र जनतामा "/>

2026-06-28 11:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा आचारसंहिता विपरित चुनाव प्रचारप्रसार तिब्र

2017-05-10


बैशाख २७, नवलपरासी । चुनावी होडबाजीले नवलपरासीमा आचारसंहिता विपरित प्रचार प्रसार भैरहेको छ । 

स्थानिय चुनावमा जनशक्ति प्रदर्शन गर्न र जनतामा चुनावी प्रभाव पार्न तडकिलो भडकिलो प्रचार प्रसार भैरहेको छ जुन अचारसंहिता भन्दा विपरित छ । चुनावको मिति नजिकिदै जाँदा उम्मेदवारहरुले चुनावी प्रचार प्रसारमा तिब्रता ल्याउदै प्रचार प्रसारमा होडबाजी गर्न थालेका छन् ।

दलहरुले आ–आफनो उम्मेदवार जिताउन आचारसंहिता विपरित प्रचार प्रसार र सामदाम दण्डभेद समेत प्रयोग गर्न थालेका छन् । दलहरुले प्रचार प्रसारमा बढि जनशक्ति उतार्न भोज भतोर गर्ने, मोटरसाईकल तथा सवारी साधन ¥याली निकाल्ने, अनुमति नलिईकन बढि सवारी साधन प्रयोग गर्ने, ठुला ठुला झण्डा पोष्टरहरु झुण्डाउने, चुनाव चिन्ह भएको रुमाल, टोपी, टिसर्ट हरु समेत वितरण गर्ने कार्य गरेको प्रत्यक्ष हेर्न सकिन्छ ।  

त्यस्तै चुनावमा बालबालिका प्रयोग भएका छन् । अनुमति विना मान्छेको घरघरमा, मालसमान तथा यात्री सवारी साधन समेतमा झण्डा पोष्टर झुण्डाउने काम भएको छ साथै आयोगद्धारा तोकिएको चुनाव खर्च भन्दा बढि रकम खर्चिदै आएका छन् उम्मेदवारहरु ।  

त्यति मात्र होईन जनताको भोट खरिद विक्री समेत हुन थालेको स्थानियले आरोप लगाए ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ र ५ निर्वाचन प्रचारप्रसारमा मोटरसाइकल, मानिस, मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारीसाधनको ¥याली गर्न वा गराउन नहुने’ उल्लेख रहेको छ । 

त्यस्तै प्रत्येक उम्मेदवार दुईभन्दा बढि सवारी साधन चुनावमा प्रयोग नपाउने, भोजभतोर गर्न नपाउने, ३/५ फिट भन्दा ठुलो झण्डा पोष्टर प्रयोग नगर्ने, बालबालिका प्रयोग नगर्ने, सरकारी तथा धार्मिक क्षेत्र प्रयोग नगर्ने, तोकिएको खर्च भन्दा बढि खर्च गर्न नपाईने लगायतका बुँदाहरु समेटि आचारसंहिता बनाइएपनि दल तथा उम्मेदवारहरुले ठिक आचार संहिता विपरित प्रचार प्रसार गरिरहेको पाइएको छ ।

ट्राफिक नियम उलंघन


त्यस्तै मोटरसाईकल तथा सवारी साधनको ¥याली तथा प्रयोगले ट्राफिक नियमको पनि उलंघन भैरहेको छ । एक मोटरसाईकलमा ठुला झण्डा सहित बिना हेलिमेट तिन देखि चार जना समेत सवार हुदै मोटरर्साइक ¥याली गर्ने गरेका छन् भने हल्का सवारी साधनहरुमा क्षमता भन्दा बढि मान्छे चढने र हाईवे छेकेर तिब्रगतिमा सवारी साधन चलाउने गरेको पाइएको छ ।सवारी साधनमा ठुला तथा चर्काे साउण्ड बस्क राखी चुनावी गित घन्काउदै ध्वनी प्रदुषण समेत भैरहको छ । जिल्लामा यसरी आचारसंहिताको उलंघन भैरहँदा भने निर्वाचन कार्यालय तथा नियमनकारी नियका मौन बसेको अवस्था छ ।

निर्वाचन कार्यालयका अनुसार वैशाख २८ गते रातको १२ बजेपछि प्रचार प्रसारका कुनै पनि कार्यक्रम, ज्लुस, ¥याली, बैठक, अन्तरवार्ता तथा भाषण गर्न नपाइने नियम लगाएपछि दलका उम्मेदवारहरुले आफनो घरदैलो अभियानलाई तिब्र बनाई चुनावी प्रचार प्रसारमा जोड दिएका छन् । 

पहिलो चरणको निर्वाचनमा जिल्लामा १५ स्थानिय तह मध्ये नवलपुर क्षेत्रमा पर्ने, गंैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र बुलिङ्गटार, बुंदिकाली, हुप्सेकोट त्रिवेणी बिनयी गाउँपालिकाको निर्वाचन हुदै छ ।  

नवलपुर क्षेत्रमा करिब एक सय ३२ मतदानस्थल र दुई सय सय ८७ मतदान केन्द्र रहनेछन् छ भने सो क्षेत्रमा कुल १ लाख ८१ हजार ९ सय ९९ मतदाता संख्या रहेको निर्वाचन कार्यलयले जानकारी दिएको  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी