कुश्मा नगरपालिकाको शक्ति केन्द्र मानिने वडा ६ मा त्रिपक्षीय चुनावी भिडन्त छ । नगरपालिकाका १४ वडाहरुमध्ये जनघनत्व बढी भएको र साधनस्रोतबाट सम्पन्न यो वडामा कुन पक्षको जीत हुने हो भनी भन्न सकिने अवस्था छैन । यस वडाको अध्यक्षमा नेकप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुश्मा नगरपालिकाको शक्ति केन्द्र मानिने वडा ६ मा त्रिपक्षीय चुनावी भिडन्त छ । नगरपालिकाका १४ वडाहरुमध्ये जनघनत्व बढी भएको र साधनस्रोतबाट सम्पन्न यो वडामा कुन पक्षको जीत हुने हो भनी भन्न सकिने अवस्था छैन । यस वडाको अध्यक्षमा नेकप"/>
२०८३, २० बैशाख आईतवार
पर्बत - PBT

वडा अध्यक्षका उम्मेदवार रिटायर्ड सेना भन्छन्– बाँकी जीवन समाज सेवामा

२०७४, २७ बैशाख बुधबार १२:०७

कुश्मा नगरपालिकाको शक्ति केन्द्र मानिने वडा ६ मा त्रिपक्षीय चुनावी भिडन्त छ । नगरपालिकाका १४ वडाहरुमध्ये जनघनत्व बढी भएको र साधनस्रोतबाट सम्पन्न यो वडामा कुन पक्षको जीत हुने हो भनी भन्न सकिने अवस्था छैन । यस वडाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट रिटायर्ड सेना राम गिरीको उम्मेदवारी छ । 

हक्की, इमान्दार र प्रष्ट वक्ताको रुपमा चिनिएका सामाजिक व्यक्तित्व गिरीको अध्यक्षको उम्मेदवारीले मतदाताहरु खुशी भएका छन् । तपाईको अध्यक्षको उम्मेदवारीमा सर्वसाधारण खुशी हुनुपर्ने कारण के छ ? भन्ने प्रश्नमा उम्मेदवार गिरी भन्छन्–‘म भारतीय सेनाबाट रिटायर्ड भएको व्यक्ति हो । मलाई सामान्य जीवन यापनका लागि पुग्ने मासिक ४० हजार पेन्सन छ । मलाई सरकारी तलव र सेवासुविधा चाहिदैन र मैले लिन्न । मैले पाउने सुविधा जनताको सेवामा लगाउछु । दोस्रो मसँग वडाको विकास कसरी लैजाने भन्ने प्रष्ट योजना र अवधारणा छ । मैले भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न । यसपछि मसँग सामाजिक विकास कसरी गर्ने भन्नेबारेमा अनुभव छ । म आफ्नो काममा ज्यान दिएर लाग्ने व्यक्ति हो । यी कुराले गर्दा वडा ६ का सर्वसाधारण मतदाता खुशी हुनुहुन्छ ।’ 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

स्कुले जीवन पछि नै भारतीय सेनामा रोजीरोटीका लागि भर्ति भएका गिरीले आफ्नो बाँकी जीवन समाजसेवामा लगाउने ईच्छा यसरी व्यक्त गर्छन् –‘हेनुहोस्, म लडाईमा गोली थापेर पनि भाग्यले बाँचेको मान्छे हो । धेरै वर्ष विदेशी माटोमा विताए । अव भने म जन्मेको यही माटोमा केही गर्न चाहन्छु । जनताको सेवा भन्दा अरु मैले सोचेको पनि छैन ।’ 

रिटायर्ड भई आएपछि उम्मेदवार गिरीले सामाजिक क्षेत्रमा रही सेवा पनि गर्दै आएका छन् । उनी शिवालय बहुमुखि क्याम्पस व्यवस्थापन समितिका सदस्य हुन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका गिरीले सदरमुकामभित्रको प्रमुख भित्री सडकमध्येको शिवालयचोकदेखि प्रगती चोक कालोपत्रे निर्माण गर्दा उपभोक्ता समितिमा बसेर इमान्दारिताका साथ सक्रिय योगदान गरेका थिए । उनले बाटोघाटो, विदयालय निर्माण जस्ता सामाजिक कार्यमा अग्रपंक्तिमा रहि योगदान गरेका थुप्रै उदाहरण छन् । सामाजिक सेवाबाट नै स्वच्छ र इमान्दार व्यक्तिको पहिचान बनाएका अध्यक्षका उम्मेदवार गिरी बलियो प्रतिस्पर्धी मानिएका छन् ।

वडा ६ को अध्यक्ष उम्मेदवारमा नेपाली कांगे्रसका किशोर भण्डारी, नेकपा एमालेका रुद्र गिरी प्रतिस्पर्धाको लहरमा छन् । मतदाता संख्या करीव ७१० रहेको वडामा झण्डै ६०० मत खस्ने अनुमान छ । वडामा तिव्र प्रतिस्पर्धा हुँदै गर्दा २६० मत भन्दा बढी ल्याउने पक्षले बाजी मार्ने देखिन्छ । मतदाताले योग्य र सक्षम व्यक्ति वडाको अध्यक्ष हुनुपर्ने मनासय व्यक्त गरेको हुँदा आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार गिरीको ठोकुवा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो