2026-09-19 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा नक्कली पेस्तोल र चक्कुसहित पाँचजना युवा प्रहरी फन्दामा

बैशाख २८, दाङ । दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार राति तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । 

पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज नेपाली, वडा नं ५ त्रिशिद्धेश्वरी मन्दिरनजिकै बस्ने २० वर्षीय सन्तोष नेपाली पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार मङ्गलबार राति ९: ३० बजेतिर उनीहरुलाई बरुवा गाउँस्थित गोरखा बोर्डिङ पछाडिको क्षेत्रबाट नक्कली पेस्तोल र चक्कुसहित पक्राउ गरिएको हो । सबैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो