बैशाख ३०, नवलपरासी । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३०, नवलपरासी । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । 

<"/>
2026-09-19 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको नेपाल–भारत सीमा त्रिवेणी नाका बिहानबाट बन्द

बैशाख ३०, नवलपरासी । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ । 

निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो । 

दुई देशका सुरक्षा निकायका प्रमुखको भारतका विहारमा भएको दुई पक्षीय सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ । 

पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मा मात्र निर्वाचन हुँदैछ । तसर्थ प्रदेश नं ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र सिल गरिएको हो । 

नेपाली सेनासहित दुई हजार सात सय सुरक्षाकर्मी 

स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नवलपरासीमा चार सय ७५ जना नेपाली सेनासहित करिब दुई हजार सात सय सुरक्षाकर्मी परिचालन भएका छन् । 

पहिलो चरणको स्थानीय तहको निर्वाचन हुने नवलपरासी जिल्लामध्ये प्रदेश नं ४ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलगायतका सुरक्षाकर्मी परिचालन भएका हुन् । 

जसअनुसार नेपाली सेना चार सय ७५, नेपाल प्रहरी आठ सय, सशस्त्र प्रहरी पाँच सय, नौ सयको सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो । 

पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मा पर्ने नवलपुर क्षेत्रमा आठ वटा स्थानीय तहको निर्वाचन हुँदैछ । जसमा तीन वटा गाउँपालिका पहाडी क्षेत्रमा पर्दछन् भने चार वटा नगरपालिका र एक गाउँपालिका राजमार्ग क्षेत्रमा पर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ