दलसिंह गिरी/जेठ १, कालिकोट । हिजो आइतवार साझ ५ बजेपछि विप्लव नेतृत्वको नेकपाले नरहरीनाथ गाउपालिका वडा नं. ६ मा रहेको नन्दादेवी मावि सेरपाटा मतदान केन्द्रमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/जेठ १, कालिकोट । हिजो आइतवार साझ ५ बजेपछि विप्लव नेतृत्वको नेकपाले नरहरीनाथ गाउपालिका वडा नं. ६ मा रहेको नन्दादेवी मावि सेरपाटा मतदान केन्द्रमा"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोट झडपमा घाइते भएका वडा अध्यक्ष उम्मेदारको मृत्यु


दलसिंह गिरी/जेठ १, कालिकोट । आइतवार साँझ ५ बजेपछि विप्लव नेतृत्वको नेकपाले नरहरीनाथ गाउँपालिका वडा नं. ६ मा रहेको नन्दादेवी मावि सेरपाटा मतदान केन्द्रमा गरेको आक्रमण पछिको झडपमा परि गम्भिर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदार धनरुप बटालाको ज्यान भएको छ । 

झडपको क्रममा हुललाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट गम्भिर घाइते भएका बटालाको समयमै उपचार हुन नसकि राति १ बजेतिर मृत्यु भएको हो । झडपमा परी २ सुरक्षाकर्मी र अन्य ३ जना पनि गम्भिर घाइते भएका छन् । 

घाइते हुनेमा नेकपा माओवादी केन्द्रका ब्यासी वि.क. राप्रपाका दान बहादुर बटाला, कुल बहादुर बटाला रहेका छन् उनीहरुलाई आज विहानै नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी नेपालगंज तिर लगिएको छ । २ जना सुरक्षाकर्मी सामान्य घाइते भएका हुन् उनीहरुको स्थानीय स्थास्थ्य संस्थामा उपचार भैसकेको छ । मृतक बटालालाई भने पोष्टमाटमको लागि हेलिकप्टर मार्फत जिल्ला अस्पताल खाडाचक्रमा ल्याइएको छ ।

दोहोरो झडपपछि सम्पर्क विहिन भएका मतदान कर्मचारी तथा सुरक्षाकर्मी भने आज विहान सबै सम्पर्कमा आइसकेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि आइतवार विहान सात बजेदेखि सुरु भएको मतदान प्रक्रियामा दिउसो १२ बजे सम्म करिव ५ सय ५० मतदाता खसिसकेपछि अन्य कुनैपनि मतदाता नआएको केन्द्रमा जम्मा ८ सय ७९ मतदाता रहेका थिए ।

निर्वाचनले निर्धारण गरेको समय सिमासम्म खुला राखी ५ बजे मतदान केन्द्र बन्द गरी नरहरीनाथ गाउपालिकाको केन्द्र कुमालगाउ आउने तयारी गर्दै गर्दा विप्लव नेतृत्वका नेकपाले आक्रमण गरी मतपत्र सहितको मतपेटीका कब्जागरी जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई