जेठ १, काठमाडौँ  । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । 

दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १, काठमाडौँ  । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । 

दि"/>

2026-07-25 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ काठमाडौँको पाँच नगरपालिकाको पछिल्लो मत परिणाम


जेठ १, काठमाडौँ  । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । 

दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ५१४ मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले० का पुण्यप्रसाद चौलागार्इंले ३८२ र उपप्रमुखकी उम्मेदवार शान्ति श्रेष्ठले ४१५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्रका टिआर नेपालले २२८ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २०८ र राप्रपाकी अञ्जना श्रेष्ठले ११६ मत प्राप्त गर्नुभएको छ । 

नगरपालिकाको वडा नं १ को मतगणना भइरहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । १ नं वडामा वडाध्यक्ष र महिला एवम् दलितसहित तीन वडा सदस्यमा काँग्रेस र खुला एक वडा सदस्यमा एमालेका उम्मेदवार अघि रहेका छन् । 

कागेश्वरी मनोहरामा पनि काँग्रेसकै अग्रता 

कागेश्वरी मनोहरा नगरपालिकामा एक हजार ७६२ मत गणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र कार्कीले ७१०, नेकपा ९एमाले० का कृष्णहरि थापाले ५५२, नेकपा माओवादी केन्द्रका महेश्वर फँयालले ३११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६४ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपप्रमुखमा काँग्रेसकी अनिता अधिकारीले ७०७, एमालेकी बिन्दु सिम्खडाले ५७५, माओवादीकी रुकु रणपालले २८० र राप्रपाकी कुस्मा नगरकोटीले ७० मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताउनुभयो । 

वडा नं १ को मतगणना भइरहेकामा वडा अध्यक्षमा काँग्रेसले ५८९, एमालेले ५४२, माओवादीले ३९४ र राप्रपाले ९४ मत पाएका छन् । 

शङ्खरापुरमा एमालेको अग्रता 

शङ्खरापुर नगरपालिकामा नेकपा ९एमाले० का सुवर्ण श्रेष्ठले ८५८, नेकपा ९माओवादी केन्द्र० का कृष्णराज सुवेदीले ५७०, नेपाली काँग्रेसका शङ्कर तिवारीले ४०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६८ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताउनुभयो । 

उपप्रमुखमा एमालेकी शुक्रलक्ष्मी श्रेष्ठ ९१५, माओवादीकी इन्द्रकुमारी तामाङ ६४४, नेपाली काँग्रेसकी मञ्जु खड्काले ३५३ र राप्रपाकी बेली तामाङले ८८ मत प्राप्त गर्नुभएको छ । 

शङ्खरापुरको १ नं वडामा एमाले विजयी 

शङ्खरापुर नगरपालिका वडा नं १ मा एमालेका वडाध्यक्षसहित सबै वडा सदस्यको समूह विजयी भएका छन्् । वडाध्यक्ष पदमा एमालेका तर्फबाट श्याममणि ढुङ्गानाले ९२५ मत ल्याई विजयी हुनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । 

उहाँका निकटतम प्रतिद्वन्दी माओवादीका मोहनाथ दङ्गालले ७४२ र काँग्रेसका रमेश तिवारीले ३५० मत पाउनुभएको थियो । 

निर्वाचित सदस्यमा वीरबहादुर तामाङ, मधुकेशव तिमल्सिना, बुद्धिमाया तामाङ र चीनकुमारी दमाइ हुनुहुन्छ । 

बूढानीलकण्ठ नगरपालिकामा एमालेको अग्रता 

बूढानीलकण्ठ नगरपालिकामा नेकपा ९एमाले० का उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५ मत, नेकपा ९माओवादी केन्द्र० का रवीन अधिकारीले २४८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपप्रमुखमा एमालेकी रमादेवी राईले ८७५, काँग्रेसकी सुभद्रा खड्काले ५७१, माओवादीकी होमकुमारी दुलालले २७३ र राप्रपाकी सावित्रा थापाले ४६ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराउनुभयो । 

नगरपालिकामा हाल साविकको कपन गाविस अर्थात् वडा नं १२ र १३ को मतगणना भइरहेको उहाँले बताउनुभयो । रासस 

तारर्केश्वर नगरपालिकामा काँग्रेस अघि 

तारर्केश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा ९एमाले० दोस्रो र नेकपा९माओवादी केन्द्र० तेस्रो स्थानमा रहेका छन् । 

पाँच बजेसम्म भएको मतगणनामा नेपाली काँग्रेसका प्रमुखले ९४ र उपप्रमुखले ९२ मत ल्याएका छन् भने एमालेले प्रमुखमा ८६ र उपप्रमुखमा ९० मत ल्याएको छ । 

तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत निर्मला योङयाले दिएको जानकारीअनुसार माआवादी केन्द्रबाट प्रमुखका उम्मेदवारले ५७ र उपप्रमुखले ५२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुखमा १७ मत प्राप्त गरेका छन् । 

कुल २९ हजार ५०० मतदाता रहेको तोर्केश्वरमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक