2026-07-25 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ रसुवाको हालसम्मको मतगणना परिणाम

जेठ १, रसुवा । रसुवामा भएको प्रथम चरणको स्थानीय तहको राति ९: ४५ सम्ममा प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा (एमाले) ले ९४ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, उपाध्यक्षमा नयाँशक्तिले ३०५, नेकपा (माओवादी केन्द्र)ले २०५, र नेकपा (एमाले)ले १०८ मत प्राप्त गरेका छन् । 

त्यस्तै, कालिका गाउँपालिकामा नेकपा (एमाले)ले ४३४, नेकपा माओवादी केन्द्रले ३९५ नेपाली काग्रेसले ३७२ मत प्राप्त गरेका छन भने उपाध्यक्षमा माओवादी केन्द्र ५३६, एमाले ५३५, नेपाली काग्रेसले १४६ मत प्राप्त गरेका छन् । 

उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले ६०७ काँग्रेस ५३९ र नयाँशक्ति पार्टीले ४८८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ७९० , काँग्रेस ४९५ र नयाँशक्तिले ३३६ मत ल्याएका छन् । 

गोसाइकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा –(एमाले) ४१३, नेपाली काँग्रेसले ४१० र नयाँशक्ति पार्टीले ५ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा एमाले ३८८, काग्रेस ३६६ र नयाँशक्तिले ३४ मत प्राप्त गरेका छन् । 

यस्तै, पार्वती कुण्ड अध्यक्षमा नयाँशक्ति पार्टीले ५६३, नेकपा (एमाले) ११७ र नेकपा माओवादी केन्द्रले १०७ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा नयाँशक्ति ३२७, एमाले २१० र माओवादी केन्द्र १२१ मत ल्याएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक