2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा माओवादीको ८ वडा अध्यक्ष, काँग्रेस ४, एमाले ६ विजयी

जेठ २, चरिकोट | स्थानीय तहको निर्वाचनको पछिल्लो परिणामअनुसार दोलखा जिल्लाको विभिन्न स्थानबाट मत परिणाम प्राप्त हुने क्रम जारी रहेको छ । 

पछिल्लो मत परिणामअनुसार जिरी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ बाट विजयी हुनेको नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दोलखाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिरी नगरपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवारको प्यानल नै विजयी भएका छन् । वडा नं १ को वडाध्यक्षमा लाक्पा शेर्पा, खुला सदस्यहरुमा भक्तबहादुर खड्का, सन फिन्जु शेर्पा, महिला सदस्यमा लालमाया गुभाजु, दलित महिला सदस्यमा लीलामाया विक विजयी हुनुभएको छ । 

त्यसैगरी जिरी नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट ङिमापाल्दे शेर्पा, खुला सदस्यमा आङङिमा शेर्पा र पूर्णबहादुर खत्री, महिला सदस्यमा शान्ति कार्की र दलित महिला सदस्यमा निर्मला विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । जिरी नगरपालिका–३ मा एमालेको प्यानल नै विजयी भएका छन् जसमा अध्यक्षमा नुर्वु शेर्पा, सदस्यमा मिङमर शेर्पा, युवराज बस्नेत, महिलामा मञ्जु कार्की खड्का र दलित महिला सदस्यमा किष्णमाया दमिनी विजयी भएका छन् । 

यसैगरी जिरी नगरपालिका–४ मा पनि एमालेका प्यानल नै विजयी भएका छन् जसमा अध्यक्षमा पदेमान जिरेल, सदस्यमा कृष्णबहादुर कार्की, शिवबहादुर कार्की, महिला सदस्यमा रश्मिला राई जिरेल रहेका छन् । त्यसैगरी जिरी नगरपालिका–५ को अध्यक्षमा माओवादी केन्द्रबाट अध्यक्ष ङिमा साङ्गे शेर्पा र अन्य सदस्यमा एमालेका तर्फबाट नरबहादुर जिरेल, रामबहादुर जिरेल, महिला सदस्यमा चिनिमाया जिरेल शेर्पा र दलित महिला सदस्यमा देवकी विक विजयी भएका छन् । 

यसैगरी जिरी नगरपालिका–६ मा पनि एमालेका प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा गोपाल कार्की, सदस्यमा प्रकाश जिरेल, लीलाबहादुर जिरेल, महिला सदस्यमा मनमाया र दलित महिला सदस्यमा तारादेवी विश्वकर्मा रहेका छन् । भीमेश्वर नगरपालिका–१ मा एमालेका प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा वीरबहादुर थामी, सदस्यमा तिलकबहादुर थामी, मुरारीराज सिवाकोटी, महिला सदस्यमा गौरी थामी र दलित महिला सदस्यमा कल्पना खाती विजयी भएका छन् । 

कालिञ्चोक गाउँपालिका–१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् जसको अध्यक्षमा बाबुलाल थामी, सदस्यमा अकलबहादुर तामाङ, डम्बरबहादुर तामाङ, महिला सदस्यमा करुणा थामी र दलित महिला सदस्यमा फुलमाया विक विजयी भएका छन् । कालिन्चोक–२ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका नानी पाण्डे विजयी भएका हुन् । 

विगु गाउँपालिका–१ ,२ र ३ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएका छन् जसमा वडा नं १ को अध्यक्षमा हिरन्डेबहादुर गुरुङ, सदस्यमा जितवीर तामाङ, रामबहादुर तामाङ, महिला सदस्यमा माया तामाङ र दलित महिला सदस्यमा बाटुली कामी विजयी भएका छन् भने वडा नं २ को वडाध्यक्षमा कृष्ण ठकुरी, सदस्यमा डिलबहादुर तामाङ, मुक्तिराम तामाङ, महिला सदस्यमा लुङमाया तामाङ र दलित महिला सदस्यमा, टलमाया कामी विजयी भएका छन् । ३ नं वडामा श्रीराम खड्का विजयी भएका छन् । 

त्यसैगरी गौरीशङ्कर गाउँपालिका–१ मा एमालेका प्यानल नै विजयी भएका छन जसको वडाध्यक्षमा झलककुमार कार्की, सदस्यमा गोरे तामाङ, पूर्णबहादुर जिरेल, महिला सदस्यमा पेमा जिरेल र दलित महिला सदस्यमा लीलामाया सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । 

त्यसैगरी वैत्यश्वर गाउँपालिका–८ पनि नेपाली काँग्रेस र माओवादी केन्द्रका संयुक्त उम्मेदवारहरु विजयी भएको कार्यालयले जनाएको छ । जसमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा रमेशकुमार अधिकारी, नेपाली काँग्रेसका तर्फबाट खुला सदस्यमा डिल्लीराज श्रेष्ठ, देवराज खत्री, महिला सदस्यमा माओवादी केन्द्रका तर्फबाट लाटीकान्छी बस्नेत र दलित महिला सदस्यमा नेपाली काँग्रेसकी रुद्रमाया दास विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ । 

त्यसैगरी जिरी नगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट टङ्क जिरेल अग्रस्थानमा रहेका बुझिएको छ । त्यसैगरी वैत्यश्वर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका छवि लामा अग्रस्थान हुनुहुन्छ भने तामाकोसी गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसका भवेन्द्र कार्की अग्रस्थानमा हुनुहुन्छ । त्यसैगरी सैलुङ गाउँपालिकाको मतगणना आज बिहान ८ बजेबाट सुरु गरिए पनि कुनै पनि परिणाम सार्वजनिक गरिएको छैन । कालिञ्चोक गाउँपालिकामा संयुक्त प्यानलले अग्रता लिएको जानकारी प्राप्त भएको छ भने विगु गाउँपालिकामा पनि मतगणना जारी रहेको बताइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई