पर्वत, २ जेठ । झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै यहाँका एक युवा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी विकास तिमिल्सिना म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, २ जेठ । झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै यहाँका एक युवा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी विकास तिमिल्सिना म"/>

2026-09-19 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकाएक राजनीतिमा उदाए बिकास, जागिर छाडेको दुई महिनामै बने वडाध्यक्ष

पर्वत, २ जेठ । झण्डै २१ वर्ष लामो प्रहरीको जागिर छाडेको दुई महिनामै यहाँका एक युवा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पर्वत जिल्लाको मोदी गाउँपालिका २ देउपुर निवासी विकास तिमिल्सिना मंगलवार भारी मतका साथ वडा अध्यक्षमा  बिजयी भएका हुन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको उनी ७ सय १४ मत प्राप्त गरी बिजय भएका हुन् । दुई दशकभन्दा बढि जागिर गरेपछि अब घरमै बसेर कृषि पेशा अगाल्ने र समाजसेवामा समेत क्रियाशिल हुने सोच बनाएर उनले गत फागुनमा जागिरबाट राजीनामा दिएका थिए । प्रहरी सहायक निरिक्षक पदमा रहेर नेपालकै उत्कृष्ट ट्राफिक प्रहरीको मानपदबी समेत भिरेका तिमिल्सिना एकाएक राजनीतिमा उदाएका हुन् । जागि छाड्ने बेला स्थानिय चुनावको चर्चा पनि थिएन र मैले उम्मेदवारी दिने सोच पनि बनाएको थिईन तर विस्तारै गाउँलेहरुको सुझावका कारण उम्मेदवारी दिएको हुँ संयोगबस आज बिजयी हुँदा निकै खुसी लागेको छ ट्वान्टीफोर संचारसँग भने ।

उनले अब समाज सेवामा सक्रिय भएर लाग्ने प्रण समेत गरेका छन् । गाउँको विकास निर्माणसँगै स्थानियस्तरको चौतर्फि विकासमा मेरो बाँकी जीवन बिताउने योजना बनाएको छु उनले भने ।

विद्यार्थी कालमा रहँदा २०४० सालदेखि २०४८ सालमै एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूमा रहेर सक्रिय राजनीति गरेका तिमिल्सिना पछि जागिरमा प्रवेश गरेपछि राजनीतिबाट ओझेलमा रहेका थिए । प्रहरीमा छँदा पनि उनको उत्तिकै वाहिवाही पाएका थिए । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालमा पालामा उनले उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा पुरस्कृत समेत भएका थिए ।

http://24sanchar.com/wp-content/uploads/2017/05/


उनले भने मेरो बाबुको समाजप्रतिको योजना र मैले सामाजिक, सरकारी तथा कालाकारीताको क्षेत्रमा पु¥याएको योगदानको  मुल्यांकन आम गाउँबासीले गरेको जस्तो अनुभूति भएको छ ट्वान्टीफोर संचारलााई भने । लामो समयको जागिरे अनुभवसँगै आफुमा समाज विकासको अनुभव र इच्छाशक्ति समेत भएकाले अब आफ्ना सम्पूर्ण शक्ति मोदी गाउँपालिका २ मा खर्चिने उनको भनाई छ ।

उनि प्रहरी जागिरे मात्र नभएर सफल कलाकार समेत रहेका छन् । दर्जनौ लोकगीतका सर्जक तथा गायक समेत रहेका उनि लोकप्रिय प्रहरीका रुपमा समेत कहलिएका थिए ।

जागिरको दौरानमा नुवाकोट, चितवन, गोरखा, कपिलबस्तु, काठमाण्डौ, म्याग्दी, पर्वत, बागलुङ लगायतका जिल्लामा बसेका उनि अब आफ्नै गाउँलाई माथि उठाउनका लागि सेवामा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उमेरले ४१ वर्ष पुगेका तिमिल्सिना बिजयी भएपछि मोदी गाउँपालिकाबासिहरु समेत उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो