ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखा जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका टंकबहादुर जिरेल विजयी हुनु भएको छ । केहि बेरअघि सम्पन्न मत गणना अनुसार जिरेलले ३,२१२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गेल्बु शेर्पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखा जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका टंकबहादुर जिरेल विजयी हुनु भएको छ । केहि बेरअघि सम्पन्न मत गणना अनुसार जिरेलले ३,२१२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गेल्बु शेर्पा"/>
2026-06-29 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको जिरीमा एमाले प्यानल विजयी

2017-05-17

ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखा जिरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका टंकबहादुर जिरेल विजयी हुनु भएको छ । केहि बेरअघि सम्पन्न मत गणना अनुसार जिरेलले ३,२१२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गेल्बु शेर्पाले २,१०६ र नेपाली काङ्ग्रेसका सोनाम शेर्पाले १४०२ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकी कृष्णमाया बुढाथोकी विजयी हुनु भएको छ । उहाँले सबैभन्दा बढी ३२६८ मत प्राप्त गर्नु भएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी चित्रमाया शर्माले १९४१ र  नेपाली काङ्ग्रेसकी लिलादेवी जिरेलले १३१२ मत प्राप्त गर्नुभएको थियो ।

अन्तिम मत परिणाम अनुसार जिरीका ९ मध्य ६ वटा वडासहित एमालेको प्यानल विजयी भएको हो । जसअनुसार वडा नम्बर ३,४,६,७,८,९ मा एमालेको प्यानल विजयी भएको छ । वडा नम्बर ९ मा एमालेका ज्ञानबहादुर सुनुवारको प्यानल विजयी भएको हो । वडा नम्बर १ मा नेपाली काङ्ग्रेस तथा  २ र ५ मा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन । जसमध्ये पनि वडा नम्बर ५ मा अध्यक्ष माओवादी केन्द्र र अन्य सबै सदस्य एमालेका विजयी भएका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी