2026-07-24 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचनमा धाँधली, गुण्डागर्दी र एमालेमाथि घेराबन्दी भयो’ : ओली

जेठ ३, काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी घेराबन्दी भए पनि स्थानीय तहको निर्वाचनमा सफलता हासिल गरेको बताउनुभएको छ । 

चौबिसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सो पार्टीको पुरानो कार्यालय मदननगर, बल्खुमा आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि पार्टीले अवलम्बन गरेका नीति तथा विचारले दोस्रो चरणको निर्वाचनमा पनि पार्टीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष ओलीले सत्ता गठबन्धनले निर्वाचनमा धाँधली, गुण्डागर्दी र एमालेमाथि घेराबन्दी लगाएको आरोप लगाउँदै भन्नुभयो–“एमालेलाई चुनाव जित्नका लागि होइन, देश बनाउन बहुमत चाहिएको छ ।” 

मदन–आश्रितको हत्याले देशको बामपन्थी आन्दोलनमा क्षति पुगेको र मुलुकले लोकतान्त्रिक विकासक्रममा गति लिन नसकेकाले राजनीतिक अस्थिरता र अन्योलता बढेको उल्लेख गर्दै उहाँले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका आधारमा पार्टीले अहिले सफलता प्राप्त गरेको बताउनुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो – “कोही मानिस जीवित रहँदा पनि समाजका लागि केही योगदान गर्न सक्दैनन, मदन–आश्रितले जीवनपछि पनि समाजलाई मार्ग निर्देश गरिरहेका छन्,” 

यसअघि मदननगर बल्खुमा अध्यक्ष ओलीलगायत नेता, कार्यकर्ता तथा परिवारका सदस्यले मदन–आश्रितको तस्बीरमा माल्यार्पण गरेका थिए भने विसं २०४८ मा भएको आम चुनावका क्रममा देशका विभिन्न स्थानमा तत्कालीन महासचिव भण्डारीले गरेका महत्वपूर्ण भाषणको श्रव्य सुनाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक