Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको मालिका गाउँपालिकामा काँग्रेस निर्वाचित

२०७४, ३ जेष्ठ बुधबार ०९:५०

जेठ ३, बाबियाचौर(म्याग्दी) | म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित हुनुभएको छ । 

दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित हुनुभएको हो । रोकाका प्रतिस्पर्धी नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

बिटालुकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी विमला रोकाले दुई हजार ६६४ मत प्राप्त गर्नुभयो । वडा नं ७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार रेशम जुक्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

जुक्जालीका प्रतिस्पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा स्वतन्त्र प्यानलका चनदेवी पुन (३४५), सरु श्रीपाली (३४६), वुद्धिबहादुर जुक्जाली (३३७) र गोरखबहादुर जुक्जाली (३२३) मत ल्याएर निर्वाचित हुनुभएको छ । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो । 

मालिकाको वडा नं १ मा नेपाली काँग्रेसका टङ्क पुन, २ मा एमालेका नरबहादुर पुन, ३ नं मा एमालेका हेमबहादुर पुन, ४ नं मा (माओवादी केन्द्र)का दिलीप शेरचन, ५ नं मा काँग्रेसकी पिपला बुढाथोकी, ६ नं मा एमालेका सन्तनाथ जैसी निर्वाचित हुनुभएको छ । 

दश हजार ६४४ जना मतदाता रहेको मालिका गाउँपालिकामा सात हजार १४ मत खसेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै