उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै मल्ल विजयी हुनुभएको हो । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत पाएका छन् । उपाध्यक्षमा पनि नेपालीकांग्रेस सीमा पुन विजयी भएकी छन् । उनी ३ हजार ७८३ मत ल्याएर विजयी भएकी हुन् ।

एमालेका अनिता शर्माले ३ हजार ६५७ र नेकपा माओवादी केन्द्रका सीता मल्लले एक हजार ५९४ मत प्राप्त गरे । यो गाउँपालिकाका वडा नम्बर २, ३, ४ र ८ मा कांग्रेस, र वडा नम्बर ७ र ९ मा नेकपा माओवादी केन्द्र तथा वडा नम्बर १, ५ र ६ मा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।

वडा नम्बर १ मा तुलसीराम रेग्मी, २ मा गोविन्द खत्री, ३ मा देवीन्द्रबहादुर भण्डारी, ४ मा भीष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुङ्गनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडाध्यक्षमा चुनिएका छन् ।