2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको शैलुङ्ग र गौरीशंकर गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक

ताराबहादुर महत । जेष्ठ ४, दोलखा । दोलखाको शैलुङ्ग गाउँपालिका प्रमुखमा एमालेका भरत दुलाल विजयी हुनुभएको छ । दुलालले ४ हजार १ सय ५६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रसका सिंहबहादुर तामाङले २ हजार ५ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा एमालेकै लालमाया योञ्जन विजयी हुनुभएको छ । उहाँले ४ हजार १ सय ४९ मत प्राप्त गर्नु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रसका उर्मिला कार्कीले २ हजार ६ सय १९ र माओवादी केन्द्रकी देवी शाहि खड्काले १ हजार ७ सय १ मत प्राप्त गर्नुभएको छ । ८ वटा वडा रहेको शैलुङ्ग गाउँपालिकामा ६ वटा वडामा एमाले र २ वटा वडामा काङ्ग्रेस विजयी भएको छ ।

त्यस्तै गौरीशंकर गाउँपालिकामा पनि  नेकपा एमालेका उम्मेदवार स्वयं बहादुर खड्का विजयी भएका छन् । विजयी खड्काले ४ हजार २ सय ४९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका निमा लामाले ३ हजार ४ सय ४० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा एमालेकै उर्मिला थामी ४ हजार १ सय ७६ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमल विक्रम खड्काले ३ हजार ३ सय २४ मत प्राप्त गरेका छन् ।

गौरीशंकर गाउँपालिकाको ६ वटा वडामा एमाले, २ वटा वडामा माओवादी केन्द्र र १ वडामा नेपाली काङ्ग्रसका उम्मेद्वार विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई