2026-07-25 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्याङ्जाका सातवटामा एमाले, चारवटामा काँग्रेस विजयी

जेठ ५, वालिङ | स्याङ्जाका एघार वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमाले र चारवटामा नेपाली काँग्रेस विजयी भएका छन् । 

एमालेले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगण्डकी गाउँपालिकामा विजय प्राप्त गरेका छन् भने काँग्रेसले वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजय प्राप्त गरेका छन् । 

एमालेबाट पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा एमालेकै महेश पुरी तथा गल्याङ नगरपालिकाको प्रमुखमा एमालेकै भुपराज अधिकारी र उपप्रमुखमा सोहि पार्टीका देवी थापा विजयी भएका छन् । 

त्यस्तै एमालेबाट आँधीखोला गाउँपालिकाको अध्यक्षमा सुधीरकुमार पौडेल, उपाध्यक्षमा शर्मिला पौडेल, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा देवी थापा, हरिनाशको अध्यक्षमा खिमनारायण मानन्धर र उपाध्यक्षमा झनिमाया पराजुली, बिरुवाको अध्यक्षमा चुनप्रसाद शर्मा र उपाध्यक्षमा देवीकुमारी थापा, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्षमा सावित्रा कोइराला तथा अर्जुनचौपारीको उपाध्यक्षमा चीनमाया गुरुङ विजयी हुनुभएको छ । 

काँग्रेसबाट वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण र उपप्रमुखमा कल्पना तिवारी, भीरकोट नगरपालिकाको प्रमुखमा छायाराम खनाल र उपप्रमुखमा सीमा कर्माचार्य क्षेत्री तथा चापाकोट नगरपालिकाको प्रमुखमा शिवकुमार गिरी र उपप्रमुखमा विमला श्रेष्ठ विजयी भएका छन् । 

त्यस्तै काँग्रेसवाटै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा दीर्घनारायण अर्याल विजयी हुनुभएको छ । 

एघारवटा स्थानीय तह तथा ९७ वटा वडा रहेको स्याङ्जामा नेकपा एमालेले नगरपालिका तथा गाउँपालिकाको प्रमुख÷अध्यक्षमा सात, उपाध्यक्षमा आठ र वडाध्यक्षमा ५७ मा विजयी भएको छ । नेपाली काँग्रेस प्रमुख÷अध्यक्ष चार, उपाध्यक्ष तीन र वडाध्यक्ष ३९ मा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र एउटा वडामा विजयी भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक