2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कैलाली र कञ्चनपुर जिल्लाका लागि ४४ निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था

जेठ ६, धनगढी | यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ७ नं प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका लागि ४४ चुनाव चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । 

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले कैलाली जिल्लाका हकमा उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दलका उम्मेदवारका लागि १९ चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारका बाँकी २५ चिह्नको व्यवस्था गरिएको बताउनुभयो । 

सात नं प्रदेशकै बाजुरा र डोटी जिल्लाका लागि तयार पारिएको मतपत्र सबैभन्दा सानो आकारको छ जसमा १८ चुनाव चिह्न रहेको जनाइएको छ । कार्यालयका प्रमुख आर्यालले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न समयको अभाव भएको, चुनावमा सहभागी दलले केवल मत मात्रै माग्ने तर मतदान गर्ने तरिका नसिकाउने र मतपत्रको आकार पनि ठूलो भएको जस्ता कारणले पहिलो चरणको निर्वाचनमा अपेक्षाभन्दा बढी मत बदर भएको हुनसक्ने बताउनुभयो । 

मतदाता शिक्षाका लागि शुक्रबारदेखि कैलालीमा पुनः चार सय ९० स्वयम्सेवी परिचालन गरिएको छ । सात नं प्रदेशमा तराईका कैलाली र कञ्चनपुर तथा पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला पर्छन् । 

एक उपमहानगरपालिका (धनगढी), ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह रहेको ७ नं प्रदेशमा मतदाता सङ्ख्या १३ लाख तीन हजार चार सय १४ छ । कैलाली जिल्लामा सबैभन्दा बढी १३ स्थानीय तह छन् । यस्तै बझाङमा १२, अछाम र बैतडीमा १०÷१०, डोटी, बाजुरा, कञ्चनपुर र दार्चुलामा ९÷९ र डडेल्धुरामा सात स्थानीय तह छन् । रासस  

यस्तो हुनेछ कैलाली / कंचनपुरको मतपत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई