2026-10-15 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा दलित महिला वडा सदस्यको १० पद खालि, ३०६ मध्य १२४ माओबादिका प्रतिनिधि निर्वाचित

नन्दराम जैशी | जेठ ६, जुम्ला । जुम्लामा सम्पन्न भएको पहिलो चरणको निर्वाचनमा उम्मेदवारी नपरेपछि दश सदस्यको पद खालि रहेको छ । जिल्लाका सात गाँउपालिका र एक नगरपालिका सहित आठ वटा स्थानिय तहमा सम्पन्न भएको निर्वाचनमा दलित महिला वडा सदस्यको लागि जिल्लाका दश वटा वडाबाट उम्मेदवारी नपरेपछि दश सदस्यको पद खालि रहेको हो ।   

जुम्लामा जम्मा ३ सय १६ प्रतिनिधिका लागि भएको निर्वाचनमा दश जना दलित महिला वडा सदस्यको उम्मेदवारी नपरेको कारण ३ सय ६ जनामात्र प्रतिनिधि चुनिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाँउपालिकाको वडा नं १, तातोपानि गाँउपालिकाको वडा नं ७ र ८, तिला गाँउपालिका ६, पातारासि गाँउपालिका १ र ५ बाट दलित महिला वडा सदस्यको लागि उम्मेदवारी नपरेको हो ।

त्यस्तै सिंजा गाँउपालिका ४ र हिमा गाँउपालिका २ बाट पनि उम्मेदवारी नपरेपछि दलित महिला वडा सदस्यको पद खालि रहेको जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुबेदिले बताउनुुभयो । जुम्लामा निर्वाचित ३ सय ६ जना प्रतिनिधिमध्य नेकपा माओबादि केन्द्रबाट प्रमुख ३ र उपप्रमुख ५ जना गरी जम्मा १ सय २४, नेकपा एमालेबाट प्रमुख १ र उपप्रमुख १ जना गरी जम्मा ९६ र नेपालि कांग्रेसबाट प्रमुख ४ र उपप्रमुख २ जना गरी जम्मा ७५ जना प्रतिनिधि चुनिएका छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टिबाट १० जना र स्वतन्त्र १ जना प्रतिनिधि गरी जम्मा ३ सय ६ जना प्रतिनिधि निर्वाचित भएका हुन् । जसमा हिमा गाँउपालिकाबाट नेकपा माओबादि केन्द्रका २१, नेकपा एमालेका १० र नेपालि कांग्रेसका ५ जनागरी जम्मा ३६ जना प्रतिनिधि चुनिएका छन् । सिंजा गाँउपालिकाबाट नेकपा माओबादि केन्द्रका ५, नेकपा एमालेका १०, नेपालि कांग्रेसका ५ र नेमकिपाका १० जनागरी जम्मा ३१ जना प्रतिनिधि चुनिएका छन् ।

यस्तै पातारासि गाँउपालिकाबाट माओबादि केन्द्रका १४, एमालेका ५ र कांग्रेसका १६ जनागरी जम्मा ३५ जना प्रतिनिधि चुनिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तिला गाँउपालिकाबाट माओबादि केन्द्रका १७, एमालेका १६ र कांग्रेसका १३ जनागरी जम्मा ४६ जना प्रतिनिधि चुनिएका छन् । त्यस्तै तातोपानि गाँउपालिकाबाट माओबादि केन्द्रका २८ र नेकपा एमालेका १२ जनागरी जम्मा ४० जना प्रतिनिधि चुनिएका छन् । भने कांग्रेसबाट एउटा पनि सदस्य निर्वाचित हुन सकेका छैनन् ।

यता चन्दननाथ नगरपालिकाबाट माओबादि केन्द्रका १७, एमालेका १८, कांग्रेसका १६ र एकजना स्वतन्त्रगरी जम्मा ५२ जना प्रतिनिधि चुनिएका छन् । यता गोठिचौर गाँउपालिकाबाट माओबादि केन्द्रका १२ र नेकपा एमालेका १४ जनागरी जम्मा २६ जना प्रतिनिधि चुनिएका छन् । भने नेपालि कांग्रेसबाट एउटा पनि सदस्य निर्वाचित हुन सकेका छैनन् । र कनकासुन्दरी गाँउपालिकाबाट माओबादि केन्द्रका १०, नेकपा एमालेका ११ र नेपालि कांग्रेसका १९ जनागरी जम्मा ४० जना प्रतिनिधि चुनिएको बताइएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा