महेन्द्र केसी पर्वतमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र शून्य जस्तै देखिएको छ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा माओवादीले कुनै पनि तहमा सफल हुन सकेन । प्रदेश ४ माओवादीको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वतमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र शून्य जस्तै देखिएको छ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा माओवादीले कुनै पनि तहमा सफल हुन सकेन । प्रदेश ४ माओवादीको क"/>
2026-09-19 06:40 PM
पर्बत - PBT

पर्वतमा किन भयो माओवादी केन्द्र ‘शून्य’ ?

महेन्द्र केसी पर्वतमा स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र शून्य जस्तै देखिएको छ । दुइ नगरपालिका र पाँच गाउँपालिका सहित सात वटा स्थानीय तह रहेको पर्वत जिल्लामा माओवादीले कुनै पनि तहमा सफल हुन सकेन । प्रदेश ४ माओवादीको कमजोर क्षेत्रमा गनिन्छ तर धौलागिरी अंचललाई आधार मान्ने हो भने  पर्वत जिल्लामा माओवादी निकै कमजोर देखिएको छ ।

पर्वत जिल्लामा सात स्थानीय तहका ६१ वटा वडामध्ये चार वडामा आफ्नो स्थान ओगट्न सफल भएको माओवादी केन्द्र उच्च पदमा शुन्य र पत्तासाफ जस्तै देखिएको छ । चुनाव प्रचारको बेलामा निकै आक्रमक देखिएको माओवादीको नतिजा हेर्दा पार्टीभित्रै आन्तरघात भएको सहज अन्दाज लगाउन सकिने देखिएको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले जिल्लाको एउटा तहमा पनि जित हासिल गर्न सकेन । वडा तहमा सिमित बनेको माओवादी नेतृत्व नैतिक संकटमा परेको छ । चुनाव प्रचारप्रसारमा जिल्लामा दुइ स्थानीय तह स्वतह विजयी हुने अड्कलबाजी गरेको माओवादी पराजय हुनु र कुनै पनि तहमा प्रमुख वा उपप्रमुख पदमा विजयी नहुनु माओवादीको लागि गम्भीर चुनौती बनेको छ । माओवादी केन्द्र जिल्लामा कमजोर हो वा पार्टी भित्रबाटनै कमजोर बनाइयो यस विषयमा यतिबेला माओवादी केन्द्र आन्तरिक बहस र नतिजाको समिक्षामा जुट्नुपर्ने बेला आएको छ । पहिलो, दोस्रो संविधानसभाको चुनावमा जितको नजिक पुगेर हार व्यहोरेको माओवादी एकाएक आफ्नै सरकार भएको बेलामा स्थानीय तहमा वडामा सिमित हुनु पार्टी सुदृढिकरणको विषय पनि बनेको छ ।

माओवादी केन्द्रका चर्चित नेताहरु समेत स्थानीय तहको चुनावमा पराजय भोगेका छन् भने उनीहरुको वडामा समेत नराम्रो हार माओवादीले व्यहोरेको छ । पाँच गाउँपालिका रहेको मुस्ताङमा तीन स्थानीय तहमा काँग्रेस विजयी भएको छ भने एक मा एमाले र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । त्यस्तै म्याग्दीमा चार स्थानमा काँग्रेसको जीत भएको छ भने दुइ स्थानमा एमालेले जित हासिल पारेको छ । यता बाग्लुङमा ९ स्थानीय तहमध्ये एक स्थानमा माओवादी केन्द्रले जीत हासिल पारेको छ एक स्थानमा जनमोर्चाले जित हासिल पारेको छ । ताराखोला गाउँपालिकाका सवै वडाहरु माओवादीले कब्जा गरेको छ । भने बोरङ गाउँपालिकामा प्रमुख र काठेखोला गाउँपालिकामा उप्रमुख पद आफ्नो कोल्टोमा पारेको छ । अन्यमा काँग्रेस अगाडि र एमाले पछाडि देखिन्छ ।

धौलागिरीमा जनमोर्चाले दुई स्थानीय तहमा आफ्नो निर्णायक भूमिका निर्वाह गर्नको लागि सक्षम भयो तर माओवादी धौलागिरीमा एक स्थानमा मात्रै आफ्नो बर्चश्व कायम राख्न सफल भयो । पर्वतमा मात्रै नभई धौलागिरीमानै माओवादी केन्द्र कमजोर रहेको स्थानीय तहको चुनावले संकेत गरेको छ । पार्टीभित्रको आन्तरिक फुट र विभाजनले सानो हुदै गएको माओवादीलाई स्थानीय तहको चुनावले थप सानो भएको पुष्टि गरिदिएको छ ।


माओवादीभित्रको बैचारिक तालमेलका साथै नागरिकसँगको सामिप्यता नहुनुनै पराजय हुनुको मुख्य कारक मानिएको छ । माओवादीका एजेण्डा सहि भएता पनि सोही अनुसार चुनाव प्रचारप्रसारमा पार्टी लाग्न नसक्नु, आफ्ना एजेण्डा र कार्यदिशा स्पष्ट रुपमा जनतासामु राख्नु नसक्नु र चुनावको प्रचारप्रसारको अबधीमा प्रचारमा लाग्नुको सट्टा संयुक्त एलायन्समा जाने सोचका साथ काँग्रेस र एमालेसँग बार्तामा लाग्नुले पनि जिल्लामा माओवादीको नराम्रो पराजय व्यहोर्न परेको देखिन्छ ।


काँग्रेसले एमालेसँग माओवादीको एलायन्स नहोस् र एमालेले काँग्रेससँग एलायन्स नगरोस भन्ने सोचका साथ माओवादीलाई चुनाव प्रचारप्रसार अबधीभर रुमलेर राखेता पनि माओवादीले त्यसलाई बुझ्न नसक्नु र सोही अनुुसार लाग्नुले पनि पराजय व्यहोर्न परेको माओवादी केन्द्र पर्वतका विश्लेषकहरु बताउँछन् । माओवादीले जिल्लामामा राम्रो नतिजा ल्याउन नसक्नुका तीन कारण पनि औंल्याएका छन् । ‘माओवादी केन्द्र पर्वतमा कमजोर नै हो । बाहिरबाट आएकाहरु सदस्य भए पनि स्थानीय सदस्य कम रहे’ जसमा, ‘त्यसमा पनि सक्रियता रहेन ।’ दोस्रो कारण संघीयता, गणतन्त्र लगायतका पार्टीका एजेण्डा स्थपित गर्न नसक्नु रहेको अर्को कमजोरी देखिएको छ ।


मत नआउनुको कारण पार्टी नेतृत्वको असहयोगी भूमिका रहेको देखिन्छ । आफ्ना कार्यकर्ताहरुलाई पार्टी भित्र कुनै भूमिकामा राख्न नसक्नु र अनुशासनको परिधिमा कैद गर्न नसक्नुले पनि माओवादी केन्द्रलाई पर्वतमा ठूलो धक्का पु¥याएको छ । उम्मेदवारी दर्तापछि पर्वतमा कांग्रेस र माओवादीबीच तालमेल भएको खबरहरु बाहिर आए जसले गर्दा जिल्लामा माओवादीको नतिजा कमजोर गराउनको लागि प्रेरित ग¥यो ।


माओवादीले गाउँगाउँमा आफ्नो एजेण्डाहरु स्पष्टरुपमा राख्न नसकेको देखिन्छ । चुनावी प्रचारप्रसारका बेलामा एलान्यसका नाउमा कार्यकर्तालाई परिचालन गर्नुको सट्टा गोप्य मिटिङमा व्यवस्त बनेका माओवादी केन्द्रका नेताहरु त्यसैका कारण यतिबेला टाउँको समाउन बाध्य भएका छन् ।


पटकपटक सरकारको नेतृत्व गरेता पनि समग्र जिल्लाको विकासकालागि गतिलो उदाहरण दिन भने माओवादी केन्द्रले सकेको देखिदैन । गरेका कामहरुको पनि प्रचारप्रसार गर्न नसक्नु र मिडियाँसगको सम्बन्ध सुमधुर बनाउन नसक्ने माओवादी केन्द्रको कमजोरी देखिन्छ । चुनाव अबधिमा जतिपनि कामहरु भए ति कामहरुको प्रचारप्रसारका पार्टी नेतृत्वपंक्ति जुट्न नसक्नुले पनि पार्टीलाई हारको नजिक पु¥याएको स्पष्ट आंकलन गर्न सकिन्छ । अन्य राजनीतिक दलहरुले तिललाई पनि पहाड बनाउन र मिडियाको राम्रो प्रयोग गर्न सक्षम देखिए तर माओवादी आफूले गरेका कामहरुपनि मिडियामार्फत गर्बका साथ भन्न र जनताका सामु पु¥याउने भने सकेन ।


माओवादी र एमालेको पर्वतमा तालमेल हुन सक्थ्यो तर माओवादी केन्द्रले आफ्ना कार्यकता र हैसियत भन्दा ठूलो पद खोजेका कारण पनि जिल्लामा पत्तासाफ जस्तै पराजय व्यहोर्नु परेको देखिएको छ । चार स्थानमा विजयी हासिल गरेको एमाले जिल्लाको ठूलो पार्टी बनेको छ । १३३ सदस्य सहित एमाले बहुमतमा जिल्लामा उभिएको छ भने काँग्रेस दोस्रो पार्टी बनेको छ । क्षेत्र नं १ काँग्रेसका किल्लाका रुपमा गनिदै आएको थियो । चार पटकसम्म यहि क्षेत्रबा ट सांसद अर्जुनप्रसाद जोशीले जित पनि हासिल गरेका छन् तर स्थानीय तहमा काँग्रेसको गणका रुपमा रहेका वडाहरुमा एमालेको जीत भएको देखिन्छ । यसले काँग्रेसलाई समेत ठूलो धक्का दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो