2026-06-29 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

भोट हाल्न १३ किलो मिटर हिडनु पर्ने

ललित बोहरा | जेठ ९, डडेल्धुरा । डडेल्धुराको पशुराम नगरपालीका मलाससससस क्षेत्रका नागरीले स्थानीय तहको निर्वाचनमा भोट हाल्न १३ किलो मिटर हिडनु पर्ने बाधेता रहेको जनाएको छ ।  

यस्तै  जेठ ३१ गतेका लागि निर्धारण गरिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेमा डडेल्धुराका राजनितिक दल तथा सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।

उक्त कार्यक्रममा सहभागि सरोकारवालाहरुले यही जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचलाई भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मान बहादुर सावदले स्थानीय तहको निर्वाचन लाई भयरहित वातावरणमा सम्पन्न गराउनमा राजनीतिक दलहरुले आचार संहिताको पालना गरेर चुनावी प्रचार–प्रसार गर्नुपर्ने बताएका छन् ।

उनले निर्वाचनमा हुन सक्ने अप्रिय घटनाहरुलाई न्युनिकरण गर्नको लागि सुरक्षा व्यवस्था राम्रो संग मिलाउनु पर्ने धारण राख्नु भयो । साथै उनले जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुले सहि सूचना सम्प्रेषण गर्नपनि पत्रकारहरुलाई सुझाव दिएका छन् ।

यस्तै सोही कार्यक्रममा राजनीतिक दलहरुका तर्फबाट बोल्दै नेकपा माओवादी केन्द्रका नेता करुणाकर ओझाले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले डडेल्धुरामा स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्ला स्थित राजनीतिक दलहरु प्रतिबद्ध रहेको धारण व्यक्त गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले यसअघि भएका निर्वाचन भन्दा स्थानीय तहको निर्वाचन फरक भएकाले यो निर्वाचनलाई धादली रहित वातावरणमा सम्पन्न गराउनमा सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

साथै उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएकाले मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।

दुई नगरपालिका र पाँच गाउँपालिका भएको डडेल्धुरा जिल्लामा ७५ हजार ७ सय ८०  जना मतदाता रहेका छन् भने ७७ मतदान स्थल  र ११०  वटा मतदान केन्द्र निर्वाचन आयोगले यसअघि नै निर्धारण गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी