2026-09-19 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

विप्लव माओवादी, माओवादी केन्द्र र नयाँशक्ति बीच एकता !

जेठ १२, डोटी । दोश्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते हुँदैछ । आगामी निर्वाचनमा होमिनेगरि डोटीमा विप्लव माओवादीका कार्यकर्ता सहित नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच एकता भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जिल्ला सचिवालय सदस्य बिरवहादुर थापा सहितका कार्यकर्ताहरुले निर्वाचनमा भाग लिने भएका हुन् । 

तीनै पार्टीका प्रभावकारी कार्यकर्ता तथा नेताहरु एक भएपछी त्यसै अनुसार निर्वाचनको तयारी हुँदैछ । नयाँ शक्ति नेपालका जिल्ला संयोजक शिव सिंह ओलीले नयाँ शक्तिबाट जिल्लाको सिङ्गो टीमलाई माओवादी केन्द्रमा एकीकरण गराएका छन् । एकीकरणपछी ओलीले डोटी जिल्लाबाट सुरु भएको अभियान अब देशब्यापी हुनुपर्ने धारणा राखेका छन् । नयाँ शक्तिको जिल्लाभरीको कार्यकर्ता आफैसँग तानिएको ओलीले दावी समेत गरेका छन् ।

यता डोटी जिल्लामा नयाँ शक्ति मात्र नभई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य एवम् अखिल क्रान्तिकारीका डोटी जिल्ला अध्यक्ष बिरबहादुर थापा, सचिवालय सदस्य योगेन्द्र खड्का लगाएत विप्लव माओवादीका कार्यकर्ताहरु पनि निर्वाचनमा भाग लिने गरि एकतामा आएका छन् । एकतासँगै डोटीमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउने अभियान सुरु भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई