2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा नगरपालिकामा उम्मेदवारी टुङ्गो लाग्यो (को-को परे ?)

जेठ १२, रोल्पा | यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । 

एक नगरपालिका र नौ गाउँपालिकासहित १० स्थानीय तह रहेको रोल्पामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । 

जिल्लाको रोल्पा नगरपालिकाबाट काँग्रेसले पूर्व सांसद लेखनाथ आचार्यलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा नेपाल महिला सङ्घकी केन्द्रीय सदस्यसमेत रहेकी मिश्री हमालले उम्मेदवारी दिने बताइएको छ । 

यसैगरी, एमालेले प्रमुखमा मीना शर्मालाई अघि सारेको छ भने उपप्रमुखमा नन्दकुमार आचार्य उठ्ने तयारी भएको एमाले रोल्पाले बताएको छ । 

यसैगरी, माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा पूर्णबहादुर केसीलाई उठाउने भएको छ भने उपप्रमुखमा मनकुमारी घर्तीले उम्मेदवारी दिनुहुने भएको छ । नगरपालिकामा पूर्व जिविस सभापति भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगरले समेत प्रमुखमा उम्मेदवारी घोषणा गर्नुभएको छ । 

जिल्लामा आफ्नो दल एक्लै प्रतिस्पर्धामा जाने गरी तयारी गरिरहेको माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र घर्तीमगरले बताउनुभयो । यता माओवादी केन्द्रबाहेकका दलले साझा उम्मेदवार उठाउने चर्चासमेत चलेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले यसअघि ५ नं प्रदेशबाट रोल्पा जिल्लालाई छुट्याउन संसद्मा पेस गरेको संविधान संशोधन विधेयकका विरुद्ध माओवादी केन्द्रबाहेकका दलले लामो समयसम्म आन्दोलन गरेका थिए । त्यही आन्दोलनकारीहरुको मोर्चा कायम राख्न भन्दै साझा उम्मेदवारी दिने चर्चासमेत सुनिन थालेको छ । 

नगर क्षेत्रमा सबै दलले एक्लाएक्लै उम्मेदवारी दिए काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने बताइएको छ । काँग्रेसका प्रत्यासी लेखनाथ आचार्य सांसद भइसकेका व्यक्ति हुन् भने माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार केसी पनि युवा नेता भएकाले यी दुईको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

साविक लिवाङ, खुमेल, धवाङ, ह्वामा, जंकोट र कोटगाउँ पूरै एवम् कोर्चवाङ र जेद्वाङका केही वडा समायोजन गरी रोल्पा नगरपालिका बनाइएको छ । 

माओवादी केन्द्रका वरिष्ट नेता एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन र सभामुख ओनसरी घर्तीमगरको गृह नगर यस नगरपालिकाको निर्वाचनलाई धेरैले चासोका रुपमा हेरेका छन् । 

मुख्य तीन राजनीतिक दलका साथै अन्य दल र स्वतन्त्र उम्मेदवारले समेत गाउँ गाउँ पुगी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई