2026-06-29 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

गणतन्त्र दिवस डडेल्धुरामा पनि विविध कार्यक्रम गरी मनाईने

ललित बोहरा । जेठ १२, डडेल्धुरा | डडेल्धुरामा पनि विविध कार्यक्रम गरी १० औँ गणतन्त्र दिवस मनाईने भएको छ ।

स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीको अध्यक्षतामा २२ सदस्यीय गणतन्त्र दिवस जिल्ला समारोह समितिको गठन गरी दिवस मनाईन लागेको स्थानीय विकास अधिकारी पराजुलीले जानकारी दिए ।

दिवस यहि जेठ १४, १५, र १६ गते मनाईने भएको छ । दिवसको अवसरमा सबै सरकारी कार्यालय, राजनितिक दल, संघ सस्थाहरु, लगायत सबैमा घर–घरमा साझ दिपावली गर्न अनुरोध गरिएको छ । दिवसको अवसरमा जेठ १४ गते अमरगढी नगरपालीका, उद्योग बाणिज्य संघ डडेल्धुरा र जिल्ला युवा समितिको समन्वयमा अमरगढी नगर क्षेत्रको बसपार्कदेखि तुफानडाँडा सम्मको सरसफाई गरिने छ । 

त्यस्तै उग्रतारा मन्दिर परिसर नेपाली सेनाले, घटालथान परिसर जनपद प्रहरीले र शिव मन्दिर परिसरमा शसस्त्र प्रहरीले सरसफाई गर्ने  भएका छन् । दिवसको अवसरमा जेठ १५ गते बिहान ७ बजे तिर बसपार्कबाट प्रभात फेरी सुरु गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा औपचारिक कार्यक्रम गरिने भएको छ ।

दिवसको अवसरमा रेडक्रस डडेल्धुरा साखाले पनि १५ गते रक्तदान गर्ने कार्यक्रम राखेको छ । दिवसलाई अझै प्रभावकारी तरिकाले सम्पन गर्न जिल्लाका सबै गाउँपालिकालाई दिवस मनाउन जिल्ला समन्वय समितिको कार्यालयबाट पत्राचार गरिने स्थानीय विकास अधिकारी पराजुलीले जानकारी दिए ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी