2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

निर्वाचन भयरहित वातारवरणमा सम्पन्न गर्न डडेल्धुराका राजनितिक दल प्रतिबद्ध

ललित बोहरा | जेठ १२, डडेल्धुरा | जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन भयरहित वातारवरणमा सम्पन्न गर्न डडेल्धुराका राजनितिक दलले प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जनक राज भट्टको संयोजकत्वमा बसेको बैठकमा जिल्ला स्थित सबै राजनीति दलहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचन अघि वा निर्वाचन पछि देखा पर्ने समस्या आपसी छलफलको माध्यमबाट समाधान गर्न निर्वाचन समस्या सामाधान समिति पनि गठन गरिने भएको छ ।

त्यस्तै निर्वाचन आयोगद्धारा जारी गरिएको आचार संहिता पुर्ण रुपले पालना गर्ने र  निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने–नगराउनेमा पनि राजनितिक दलले प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनको बिरोध गर्ने पक्षको सामुहिक रुपमा सामना गर्ने, निर्वाचनमा खटिने सबै कर्मचारी बिच आपसि सम्बन्ध र समन्वय कायम गर्न सबैले आ–आफ्नो भुमिका निर्वाह गर्ने, आफ्ना कार्यकर्तालाई संयमित भएर चुनावि गतिविधि गर्न निर्देशन दिने लगायतका प्रतिबद्धता राजनितिक दलले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी जनक राज भट्टको संयोजकत्वमा सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रमुख समेत रहने गरि निर्वाचन समस्या सामाध समिति गठन गरिन लागेको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष्य बिरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई