जेठ १३, परासी | मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेश्रो लिङ्गी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १३, परासी | मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेश्रो लिङ्गी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मत"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मतफोले उठायो तेश्रो लिङ्गी उम्मेदवार (को हुन गिता ?)

२०७४, १३ जेष्ठ शनिबार ०४:२४


जेठ १३, परासी | मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेश्रो लिङ्गी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मतफो पार्टीले तेश्रो लिङ्गीलाई मेयरको उम्मेदवार बनाएको हो ।

जिल्लाको सदरमुकाम परासी स्थित रामग्राम नगरपलिकामा मतफोले मेयर पदका लागि तेश्रो लिङ्गी गिता सैंथवारको उम्मेदवारी आज घोषणा गरेकोे छ । रामग्राम नगरपालिका वडा नं. ७ उजैनी घर भएका गिता निकै लोकप्रिय र सक्षम उम्मेदवार रहेको मतफोले दावी गरेको छ । त्यस्तै पार्टीले उप–मेयरमा नगरपालिकाको वडा नं. ७ उजैनी कै केवल कुर्मीलाई उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष दिपचन्द्र कौशलले जानकारी दिए । पार्टीले नवलपरासीमा तेश्रो लिङ्गी उम्मेदवार उठाएपछि यहाँका सबै जनताहरु चकित परेका छन् । यतिबेला नगरमा तेश्रो लिङ्गी उम्मेदवारकै चर्चा परिचर्चा  छ । गिता तेश्रो लिङ्गी भएपनि उनी विवाहिक जिवनमा बाँधिएर महिलाको रुपमा नागरिकता पाएको बताईन् ।

को हुन गिता ? र के छ उनको पेशा ?

वि.संं २०१९ सालमा गिताको भारतमा जन्म भएको थियो । १५ वर्षको उमेरमा उनी नेपालको नवलरासीको साबिक सुक्रौलि गाविस निवासी रामजी सैंथवार संग विवाह गरि नेपाल छिरेकि थिईन् । सुक्रौली घर रहेको गिताले मनको शान्ती नपाएपछि उनी रामग्रामको वडा नं. ७ मा अवस्थित रामग्राम स्तुप संग जोडिएको गाउँ, उजैनीमा बसोबास गर्न थालिन । उनी उजैनी बस्दै गरेकोे ४० वर्ष बितिसक्यो । उनी बुद्ध धर्ममा आस्था राख्दछिन त्यसकारण रामग्राम स्तुप नजिकको गाउँ उजैनीमा बस्न आईन् ।

गिता संग तेश्रो लिङ्गीको एक जमात नै छ । विवाह, भोज, बच्चाको जन्मको खुशी लगायतका खुशीका अवसरमा उनलाई बोलाइएपछि उनी त्यस अवसरमा नाचगान गरि आयोजक घरपरिवारलाई आशिर्वाद दिने काम गर्छिन् । उनले भनिन् यहि नै मेरो पेशा हो जसबाट मैलो आफनो पेट पाल्दै आएछुँ ।

के छ राजनितिक अवस्था ?

उनी राजनितिमा आफँु नयाँ रहेको बताईन् यद्यपी उनी पहिलादेखि नै राजनितिमा रुची राख्दथिईन । गत संविधान सभाको निर्वाचनमा गिता नेपाल युवा किसान पार्टीबाट जिल्लाको क्षेत्र नं. ६ बाट सभाषदको चुनाव लडेकि थिईन् । सभाषदको चुनाव पश्चात उनी राजनितिक यात्रामा बैक भई आफनो पेशमा लागिन् । आसन्न दोश्रो चरणको निर्वाचनमा मतफोले उनलाई मेयरका लागि प्रस्ताव गरेपछि उनी फेरि राजनिति क्षेत्रमा कमब्याक भएको बर्ताइन् र अहिले उनी मधेश तराई फोरम पार्टीबाट मेयरका लागि चुनाव लडदै छिन् ।  

के छ गिताको विकासका एजेण्डाहरु ?

नगरमा रहेका गरिब दुखियाहरुलाई सेवा र सुविधा दिएर खुशी बनाउने मेरो प्रमुख एजेण्डा रहेको गिताले बताईन् । नगरमा धेरै जसो मान्छे ८ नं. प्रतिमा बसोबास गरिरहेका छन् म मेयर भएपछि ति सुकुम्बासीहरुलाई सरकारद्धारा लालपुर्जा दिलाउने कार्यमा मेरो अहम भुमिका रहने बर्ताइन् । नगरकोक कुनैपनि बाटो कच्ची र खाल्टो खुल्टी रहदैन सबै कालो पत्रे गछुँ । साथै रामग्राम स्तुपको विकास र संरक्षणका लागि छुट्टै रामग्राम कोष खडा गरि यसको गुरु योजना बनाउने देखि लिएर यसको समग्र विकासमा म कसिएर लाग्ने गिताले बताईन् । रामग्राम स्तपुमा एउटा भगवान गौतम बुद्धको मुर्ति स्थापना गर्ने, सुन्दर पोखरी निर्माण गर्ने, तिर्थयात्रीका लागि बस्ने बास स्थानको व्यवस्था गर्ने पनि जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा