जेठ १३, काठमाडौँ । आज जेठ १३ गते सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवस मनाइएको छ । शनिबार बिहान काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १३, काठमाडौँ । आज जेठ १३ गते सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवस मनाइएको छ । शनिबार बिहान काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर"/>

2026-07-25 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘शासकहरू कहिले गर्छौ हत्यारालाई कारबाही ?’

जेठ १३, काठमाडौँ । आज जेठ १३ गते सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवस मनाइएको छ । शनिबार बिहान काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो । सभामा बोल्ने अधिकांश वक्ताले सेनका हत्याराहरूलाई कारबाहीको माग गरेका थिए ।

सो सभामा क्रान्तिकारी पत्रकार सङ्गठनले उपाध्यक्ष तथा संवाद डबलीका अध्यक्ष दीपेन्द्र रावललाई यस वर्षको कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ भने क्रान्तिकारी पत्रकार सङ्घले बेपत्ता योद्धा चित्रनारायण श्रेष्ठकी जीवनसँगिनी सावित्रा श्रेष्ठलाई सभाबाटै पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि सहिद कृष्ण सेन इच्छुककी जीवन संगिनी तक्मा केसीले हत्या भएको १५ वर्षदेखि निरन्तर हत्यारालाई कानुनी कठघरामा ल्याएको देख्न चाहन्थ्यौँं तर हुन नसकेको प्रति दुःख व्यक्त गरिन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र बिष्टले सेन बहुआयामिक प्रतिभाका धनी रहेको चर्चा गर्दै भने, ‘राजनीति, पत्रकारिता र साहित्यका त्रिवेणी व्यक्तित्व सेनका हत्यालाई प्रशासनले अहिलेसम्म आधिकारिक रूपमा घोषणा नगर्नु दुःखद् विषय हो ।’

त्यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउनेले ३÷३ पटकसम्म सरकारको नेतृत्वमा पुगेको र अहिले पनि माओवादीकै नेतृत्वमा सत्ता हुँदा पनि केही नबोलेको प्रति आक्रोशित हुँदै प्रश्न गरे, ‘कृष्ण सेनको बलिदानबाट सत्तामा पुगेका शासकहरू कहिले गर्छौ हत्यारालाई कारबाही ?’ अध्यक्ष चलाउनेले सेनले बनाएका मानिसहरूले सेनको आदर्श, मूल्य मान्यता त्याग्ने मात्रै नगरेर प्रतिघातसम्म गरेको आरोप लगाए । उनले चेतावनी दिदै भने, ‘बन्दुकले तर्साउँदै पत्रकार र जनतालाई बिनाकारण दुःख दिएर द्वन्द्वको सिर्जना नगर ।’ हिजोको सत्ताले सेनलगायतका पत्रकारलाई गिरफ्तार गरेजस्तै अहिले पनि आधा दर्जन पत्रकारलाई हिरासतमा राखेको र उनीहरूलाई तत्काल मुक्त गर्न सरकारसङ्ग माग गरे ।

त्यसैगरी प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले १५ वर्ष बितिसक्दा पनि हत्याराले उन्मुक्ति पाइरहेको दाबी गर्दै भने, ‘अहिले पनि हत्यारा खुलेआम हिँडिरहेका छन् । हाम्रा आवाजहरू मलिन भएका छन् ।’ इच्छुकका अनुयायीहरू विभिन्न समूहमा विभाजित भए पनि इच्छुकको १५ औँ स्मृति दिवसमा सबै एक ठाउँमा भएकोमा खुसी पनि व्यक्त गरे ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापाले इच्छुक स्मृति दिवसका अवसरमा स्थापित पुरस्कारको औचित्यबारे प्रस्ट्याएका थिए । उनले सिन्धुली पोस्टका सम्पादक चित्रनारायण श्रेठलाई २०५७ सालमा सर्लाहीको हरिवनबाट प्रशासनले गिरफ्तार गरेर बेपत्ता बनाएको जानकारी पनि दिए । त्यस्तै पत्रकार दीपेन्द्र रावलका विषयमा उनले भने, ‘जनयुद्धका घाइते योद्धा रावलको शरीरमा अहिले पनि बमका छर्राहरू छन् तर उहाँ अहिले पनि बाँकी जीवन क्रान्तिप्रति प्रतिबद्ध रहने अठोट लिएर हिँडिरहनुभएको छ । उहाँ र चित्रनारायणकी जीवनसंगिनी सावित्री श्रेष्ठलाई बधाई छ ।’

त्यसैगरी क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउतले वर्तमान सरकारप्रति लक्षित गर्दै आफूलाई माओवादी भन्नेहरूले नै कृष्ण सेनको आदर्शलाई तोड्ने काम मात्र नगरेर इच्छुकले देखाएको बाटोलाई बङ्ग्याएको आरोप पनि लगाए ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले आदर्श र प्रतिभाका धनी इच्छुकजस्तो व्यक्तित्वका हत्यारालाई जतिसक्दो चाँडो कारबाही गनुपर्ने धारणा राखे ।  आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङले क्रान्तिकारी पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान गर्ने सेनका हत्यारालाई कारबाही गर्न सबैले प्रण गर्नुपर्ने बताए । कार्यक्रमको संयोजन क्रान्तिकारी पत्रकार सङ्घका उपाध्यक्ष गोविन्द आचार्यले गरेका थिए भने सञ्चालन सोही सङघका महासचिब विष्णु सापकोटाले गरेका थिए । – धनञ्जय बुढाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक