प्रभात सुवेदी । जेठ १५, बर्दिया ।

गणतन्त्र आएको ११ वर्षपछि भैरहेको स्थानीय निर्वाचन सम्पन्न गरी गणतन्त्रलाई संस्थागत गर्दै स्थानीय निकाय सम्हाल्ने जिम्मेवारी पाएका कर्मचारीहरुले अब राजनितीज्ञहरुले दिएको जिम्मेवारीको नासो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ १५, बर्दिया ।

गणतन्त्र आएको ११ वर्षपछि भैरहेको स्थानीय निर्वाचन सम्पन्न गरी गणतन्त्रलाई संस्थागत गर्दै स्थानीय निकाय सम्हाल्ने जिम्मेवारी पाएका कर्मचारीहरुले अब राजनितीज्ञहरुले दिएको जिम्मेवारीको नासो"/>

2026-06-29 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नासो फिर्ता गर्न पाइयोस् !

2017-05-29

प्रभात सुवेदी । जेठ १५, बर्दिया ।

गणतन्त्र आएको ११ वर्षपछि भैरहेको स्थानीय निर्वाचन सम्पन्न गरी गणतन्त्रलाई संस्थागत गर्दै स्थानीय निकाय सम्हाल्ने जिम्मेवारी पाएका कर्मचारीहरुले अब राजनितीज्ञहरुले दिएको जिम्मेवारीको नासो चाँडै फिर्ता गर्न पाउनेमा आशावादी भएको कुरा आज जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा औंल्याइएको छ ।


११औं गणतन्त्र दिवसकको सन्दर्भ पारेर जिल्ला समारोह समितिले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले उपरोक्त कुरा बताउनुभएको हो । साथै वहाँले राजनैतिक समन्वयको अभाव नै अस्थिरता भएकोले तर्क भन्दा पनि अब काम गर्ने समय आएकोले आजको दिनले सबै दलहरुमा विकासको गति बढाएर समृद्ध मुलुक बनाउन सद्वुद्धि आवोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । 

यसअघि जिल्ला सदरमुकामको राधाकृष्णचोकदेखि विहान साडे सात बजे विभिन्न राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु गुञ्जाउँदै निस्केको र्याली जिल्ला समन्वय समितिको सभाहलसम्म पुगेको थियो । ¥यालीमा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी,  सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका व्यक्तित्वहरु, पत्रकार, शिक्षक कर्मचारीहरु, वुद्धिजिवी, महिला लगायतको सहभागीता रहेको थियो ।

 

औपचारिक कार्यक्रमलाई नेपाली कांग्रेसका मिश्रिलाल यादव, एमालेका इन्द्र बहादुर रावल, माकेका कोलराज पुरी तथा लोकतान्त्रिक फोरमका काशीराम चौधरीले सम्बोधन गर्नुहुँदै सहिदहरुको सपना साकार पार्नका लागि राजनैतिक सहमतिमा अगाडि बढी मुलुकलाई स्थायी निकास दिनु पर्ने औंल्याएका थिए । 

जिल्ला समन्वय समितिका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष तेजराज शर्माले आपसी झैझगडामा नअल्झिएर सबैको साझा उद्देश्य मुलुकलाई समृद्ध बनाउने हुनु पर्ने कुरा औंल्याउनुभएको थियो ।

 कार्यक्रममा जिल्लाका सिमित कार्यालयहरु तथा निकायका प्रमुख तथा कर्मचारीहरुको मात्रै सहभागीता भएको र राजनैतिक दलले चुनावी प्रचारप्रसारका कारण पनि यो कार्यक्रमलाई प्राथमिकता नदिएकाेमा जिल्लाको कार्यक्रम खल्लो र अौपचारिकतामा मात्रै सिमित भएको सहभागीहरुकाे गुनासाे थियो । 

यसैबीच विभिन्न दलका उम्मेदवारहरु अाफ्ना कार्यकर्ताहरुको साथमा भोट माग्दै घरदैलो कार्यक्रममा हिँडिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी