जेठ १५, कञ्चनपुर | नेकपा एमाले कञ्चनपुरका नेता यज्ञ प्रशाद कँडेल सहितका एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन् । 

सोमबार माओवादी केन्द्र कञ्चन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १५, कञ्चनपुर | नेकपा एमाले कञ्चनपुरका नेता यज्ञ प्रशाद कँडेल सहितका एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन् । 

सोमबार माओवादी केन्द्र कञ्चन"/>

2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एमाले नेता कँडेल सहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस

जेठ १५, कञ्चनपुर | नेकपा एमाले कञ्चनपुरका नेता यज्ञ प्रशाद कँडेल सहितका एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन् । 

सोमबार माओवादी केन्द्र कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पार्टी प्रवेस कार्यक्रममा एमाले सचिवालय सदस्य समेत रहेका कँडेलले औपचारिक रुपमा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेका हुन् ।

 माओवादी केन्द्र ७ नम्बर प्रदेशका प्रचारप्रचार विभाग प्रमुख ओम बिक्र्म भाटले यस अघि बेलौरीमा एमालेका ७० कार्यकर्ता प्रवेस गरेको बताउदै सोमबार औपचारिक रुपमा कँडेलले माओवादी केन्द्र प्रवेस गरेको बताए ।

 उनका अनुसार कँडेल संगै एमाले बेलौरीकी कार्यकर्ता राधा कँडेल र काँग्रेस बेलौरीका कार्यकर्ता अशोक प्रशात धिताल, कमल गौमत लगायतका कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका छन् । 

उनीहरुलाई सामुहिक रुपमा पार्टी प्रवेस गराउदै माओवादी केन्दका नेता लेखराज भट्टले टिका लगाएर पार्टी प्रवेस गराएका छन् । पार्टी प्रवेस गराउदै नेता भट्टले नव प्रवेसी नेताहरुलाई समान रुपमा जिम्मेबारी दिईने बचन दिए । 

माओवादी केन्द्र प्रवेस गर्दै कँडेलले एमालेले आफुले सोधेका प्रशनको जवाफ नदिएका कारण माओवादी केन्द्र प्रवेस गरेको बताए । ‘म एमालेमा लामो समयदेखि एमालेमा इमान्दार भएर काम गर्दै थिए, ‘उनले भने, ‘पार्टी भित्र जातियता, क्षेत्रीयता, नातावादा र कृपावाद हावीले एमाले छाडेको हुँ ।’ आफुलाई टिकट नदिएका कारण एमाले नछाडेको भन्दै एमाले भित्रको प्रवृतिले माओवादी केन्द्र रोजेको बताए । आफ्ना प्रशनको जवाफ एमाले नेताले नदिदा पार्टी परित्याग गरेको उनको भनाई छ । ‘मैले भीम रावल संग जवाफ मागे रावलले पनि उत्तर दिन सकेनन्, ‘उनले भने, ‘एमालेमा बस्नुको तुक नहुँदा माओवादीमा आए ।’ 

आफुलाई रोक्न जिल्लादेखि केन्द्रका भिम रावलसम्मका नेताहरुले आग्रह गरेपनि आफुले उनीहरुको आग्रह नर्कादै माओवादी केन्द्र रोजेको स्पष्ट पारे । ‘पुनर्वासमा फैरु तामाङ्गलाई टिकट दिएर खोस्यो, ‘उनले भने, ‘यो सरासर समुदाय विषेशमा प्रहार भयो ।’ आफु केपी ओलीको पक्षधर भएको खुलासा गर्दै उनले ओली निकटलाई पार्टीभित्रबाट विभेद गरेको बताए । 

राजावादी र धर्मनिरपेक्षा बिरोध दलसंग चुनावमा एमालेले साँठगाँठ गरेको विषय बारे उनले आर्चयता प्रकट गरेका छन् । 

 ‘मैले एमाले भित्र टिकट वितरणमा सबै समुदायको प्रतिनिधित्वको कुरा उठाएको थिए, ‘उनले भने, ‘मेरा कुरा कसैले सुनेन् र आज माओवादीमा प्रवेस गर्दा एमालेका नेताहरुले फोन गरेर पार्टी नछाड्न आग्रह गरिरहेका थिए ।’ 

बेलौरीमा माअ‍ोवादीलाई चुनाव जिताउन आफु हिडेको समेत उनले घोषणा गरेका छन् । माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज देविलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेस कार्यक्रमको संचालन माओवादी केन्द्र ७ नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख तथा युवा नेता ओम प्रकास भाटले कार्यक्रम संचालन गरेका थिए । – धर्मराज कठायत 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ