जेठ १८, कैलाली । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताएका छन् । । परिवार दलक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १८, कैलाली । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताएका छन् । । परिवार दलक"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उचित विकल्प रोज्न मतदातालाई अध्यक्ष ढकालको आग्रह


जेठ १८, कैलाली । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताएका छन् । । परिवार दलको प्रदेश नम्बर ७ द्वारा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा बुधबार धनगढीमा यस्तो बताएका हुन् ।  

अध्यक्ष ढकालले सचेत मतदाताले प्रतिबद्धता पुरा नगर्ने पार्टीलाई छोड्न र उचित विकल्प रोज्न सके मात्र लोकतन्त्र र विकासले सार्थकता पाउने बताए । अग्रपंथी लोकतन्त्रलाइ आत्मसात गरेको परिवार दल एक उत्कृष्ट विकल्प हुन सक्ने भन्दै ढकालले स्थानीय तहमा नमुना कामको लागि साँचोमा मतदान गर्न सबैलाई आग्रह गरे । 

परिवार दल नेपालको राजनीतिमा बैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने लक्ष्यका साथ अगाढि बढेको उल्लेख गर्दै भोट ब्यक्ति वा पार्टीलाई नभई मुद्धा हेरेर दिन पनि मतदातामा आवहान् गरे । 

अध्यक्ष ढकालले दलहरुलाई निर्वाचनमा भागलिने वाताबरण तयार गर्ने जिम्बेवारी सरकारको हो भन्दै निर्वाचन मार्फत आफ्ना मुद्धाहरु स्थापित गर्न असन्तुष्ट दलहरुलाई आग्रह गरे । अध्यक्ष ढकालले संसद्को ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन भए परिवार दल खुशी हुने भन्दै समर्थन वा बिरोध गुण र दोषको आधारमा गरिने बताए । 

ढकालले आसन्न स्थानीय तहको निर्बाचन, संविधानको कार्यान्वयन, असन्तुष्ट दलहरुका माग सम्बोधन, पुनर्निर्माण तथा नबनिर्माण र राष्ट्रियताका सवालहरुको उचित सम्बोधन गर्न सबै दलहरु एक ठाउमा उभिनु पर्नेमा जोड दिए । 

मुलुकमा बढ्दो राजनैतिक हस्तक्षेप र भागबन्डाले सुशासन, न्याय र विकास निर्माण प्रभावित भउको प्रति चिन्ता ब्यक्त गर्दै गलत कामको खबरदारी गर्न र नयाँ मोडेलको विकास हेर्न पनि मतदातासंग परिवार दलको पक्षमा मत दिनुपर्नेमा जोड दिए । भ्रष्टाचार, सामाजिक बिकृति र विसंगतिको विपक्ष तथा सत्य, शान्ति र बिकासको पक्षमा नेपाल परिवार दल सधै उभिएको छ भन्दै ढकालले बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा आफ्नो दल अघि बढ्ने स्पष्ट पारे । 

सोहि अवसरमा अध्यक्ष ढकालले बिभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रबेश गर्नेहलाई पार्टीको सदस्यता दिदै पार्टी प्रबेस गराएका थिए । 

दलका प्रदेश नम्बर ७ का संयोजक नबिन बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगर पालिकाका मेयरका उम्मेद्वार खडक सिंह नागरि,  उपमेयरका उम्मेदबार निर्मला श्रेष्ठ, शालिकराम चौधरी, इद्रिस मोहमद लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई