2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको गृहनगरमा उम्मेदवार टुङ्गो लागेन, देउवाकै जिम्मा लगाइयो

ललित बोहरा/जेठ १८, डडेल्धुरा । दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मुख्य राजनीतिक दलका उम्मेदवारले मत माग्न घरदैलो कार्यक्रमलाई तीब्र पारिरहेका बेला सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन । 

लामो समय जिल्ला बाहिर बसेका व्यक्तिहरुले टिकट पाउने माहोल बनेको भन्दै विवाद भएका कारण कांग्रेसले उम्मेदवार तय गर्न नसकेको हो ।  जिल्लामा निष्कर्ष निस्कन नसकेपछि अहिले काठमाडौं बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा  आकांक्षीहरूको घुइँचो लागेको छ । 

जिल्लाका अधिकांश कार्यकर्ता गाउँमा रहेका व्यक्तिलाई उमेदवार बनाउन दबाब दिइरहेका छन् । काठमाडौंमा तीन दिन चलेको छलफलले निष्कर्ष दिन नसकेपछि नेताद्वय रमेश लेखक र एनपी साउदले समेत डडेल्धुराका उमेदवारका विषयमा छलफल थालेको  कांग्रेस जिल्ला सभापति कर्ण बहादुर मल्लले जानकारी दिए ।

 डडेल्धुरामा नवदुर्गा गाउँपालिकाको उपाध्यक्ष डम्बरी ओलीबाहेक कसैको टिकटको विषयमा निर्णय नभएको सभापति मल्लले बताए । उनले भने ‘कुनै पनि उमेदवारको टुङ्गो लागेको छैन’, ‘जिल्लामा सहमति हुन नसकेपछि पार्टी सभापतिलाई नै जिम्मा दिएका छौं।’  यसअघि अजयमेरु गाउँपालिका प्रमुखका लागि त्रिभुवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति लोकराज भट्टलाई टिकट दिइए पनि स्थानीय स्तरबाट टुरिष्ट उमेदवार भन्ने टिप्पणी आएपछि उनको सम्भावना टरेको छ । महिला संघ अध्यक्ष तथा लामो समय सामाजिक क्षेत्रमा काम गरिरहेकी नेतृ कमला बिष्ट, पूर्व गाविस अध्यक्ष कमलसिंह भाट र युवा समाजसेवी किशोर बिष्ट प्राथमिकतामा परेका छन् । 

उद्योग वाणिज्य संघका निर्वतमान क्षेत्रीय अध्यक्ष लोकराज भट्ट समेत गाउँपालिका प्रमुख पदमा उम्मेदवार बन्ने सम्भावना छ ।   यस्तै नवदुर्गा गाउँपालिकामा एक पक्षबाट लक्ष्मीप्रसाद अवस्थीको टिकट निश्चित भइसके पनि पार्टी सभापति शेरबहादुर देउवाले नै अस्वीकार गरेको स्रोतले जनाएको छ । 

यो गाउँपालिकामा कांग्रेसबाट ७ जना आंकाक्षी रहेका भए पनि अब नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट, जिल्ला कमिटी सदस्य तथा तरुण दलका उपाध्यक्ष गोकुल शाही, हर्क बिष्ट, धन बहादुर साउद र महिला नेतृ निर्मला बिष्ट बोगटी टिकटको दौडमा रहेका छन ।  

यस्तै गन्यापधुरा गाउँपालिकामा बीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय वरिष्ट उपाध्यक्ष शेरबहादुर भण्डारी उम्मेदवारका रूपमा यसअघि घरदैलो गरेका भए पनि  उनको सम्भावना टरेको छ ।  जिल्ला विकास समितिका लेखापाल नवल मल्ल, अधिवक्ता रोहित देउवा, इन्द्र कार्की र सुरेन्द्र माली पनि टिकटको लागि दौडमा रहेका छन् ।  

यसैगरी परशुराम नगरपालिकाको प्रमुखमा निर्माण व्यवसायी भीम बहादुर साउदलाई सैद्धान्तिक रूपमा उमेदवार तय गरेको भएपनि औपचारिक रूपमा टिकट दिइएको छैन । यस्तै आलिताल गाउँपालिकामा सम्भावना रहेका बलबहादुर गुरुङलाई समेत औपचारिक रूपमा उमेदवार घोषणा गरिएको छैन । 

गुरुङ २०५४ को निर्वाचनमा एमालेबाट गाविस अध्यक्ष चुनिएका थिए ।  यस्तै अमरगढी नगरपालिकाको प्रमुखका लागि डिल्लीराज जोशीलाई टिकट दिइएको भनिए पनि अन्ततः उनलाई नदिइने जनाइएको छ । यहाँ कांग्रेसका महाधिवेशन  प्रतिनिधि हरिप्रसाद भट्ट, गोविन्द बोहरा, तारख बुढाऐर र पूर्व मेयर मोहन पाठक टिकटको दौडमा रहेका छन् ।

 यस्तै भागेश्वर गाउँपालिकामा यसअघि  हेमराज चटौतले टिकट पाएको भनि  प्रचारमा गए पनि उनको टिकट पनि खोसिएको छ ।  पूर्व जिविस सभापति रघुवर भट्टकी पुत्री विद्यार्थी नेतृ कौशी भट्ट र नरबहादुर ठकुराठीमध्ये एक उमेदवार हुने जनाइएको छ । 

कार्यकर्ताहरू भने नेताहरुले आफ्ना वरिपरिका मान्छेलाई टिकट दिलाउनमा तल्लीन भएपनि निकै रुष्ठ भएका छन्। स्थानीय निर्वाचन मुखैमा आइसक्दा पनि उम्मेदवार चयनमा हानाथाप गरिरहँदा प्रतिस्पर्धी अन्य दलले फाइदा उठाउने भन्दै कांग्रेस कार्यकर्ता चिन्तित छन्। विवाद समाधान हुन नसकेपछि डडेल्धुरामा सभापति देउवापत्नी आरजु राणाले एकलौटी रूपमा उम्मेदवार खडा गर्ने सम्भावना बढेको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई